बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

शौचालयका लागि सलमानको अपार्टमेन्टमा छिरे एक व्यक्ति, पुलिसलाई सुम्पिइयो

आइतबार, २८ जेठ २०७४, १४ : ३८
आइतबार, २८ जेठ २०७४

एजेन्सी

जेठ २८ – बलिउड अभिनेता सलमान खानको बान्द्रास्थित घर ग्यालेक्सी अपार्टमेन्टमा पछिल्लो रात एक अचम्मको घटना भयो । वास्तवमा सलमानको घरमा अबेर राती एक व्यक्ति अचानक छिरे जसका कारण एक प्रकारको हंगामा नै मच्चियो ।

मोहम्मद शिराजुद्दीन नामक २५ वर्षका व्यक्ति सलमान खानको ग्यालेक्सी अपार्टमेन्टमा त्यतिबेला छिरे जब सुरक्षागार्ड कतै गएका थिए । सूत्रका अनुसार शिराजुद्दीन ग्यालेक्सी अपार्टमेन्टको शौचलयको प्रयोग गरिरहेका भेटिएपछि यसबारे सुरक्षाकर्मीलाई जानकारी दिएको र उनले बान्द्रा पुलिसलाई यसबारे सूचना दिएको बताइएको छ ।

पुलिसले शिराजुद्दीनलाई उक्त अपार्टमेन्टबाट निकालेर हिरासतमा लियो । पुलिसका अनुसार शिराजुद्दीन मानसिक रुपले बिरामी छन् र कुनै मुद्दा दर्ता नभएकाले पुलिसले उनलाई सोधपुछपछि छोडिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप