दुहवीमा काँग्रेस र माओवादी केन्द्रद्वारा उम्मेदवारी घोषणा
आइतबार, २८ जेठ २०७४, १५ : ०१
इटहरी, २८ जेठ । आसन्न स्थानीय तहको निर्वाचनका लागि नेपाली काँग्रेसले दुहवी नगरपालिकाका प्रमुख, उपप्रमुख तथा वडा अध्यक्षका उम्मेदवारको नाम सार्वजनिक गरेको छ ।
नेपाली काँग्रेस– ३ नम्बर क्षेत्रीय समितिले यहाँ आज पत्रकार सम्मेलनको आयोजना गरी काँग्रेसबाट दुहवी नगरपालिकाका प्रमुख, उपप्रमुखसहित १२ वटै वडाका अध्यक्षको उम्मेदवारी घोषणासहित नामावली सार्वजनिक गरेको हो ।
दुहवी नगरपालिकाका प्रमुखमा गौरीशङ्कर रौनियार तथा उपप्रमुखमा कल्पना कार्कीलाई पार्टीले उम्मेदवार बनाएको क्षेत्रीय समितिका सचिव ओम थापाले जानकारी दिए ।
यसैगरी काँग्रेसबाट दुहवी नगरपालिकाका वडा नं। १ देखि १२ सम्मका वडा अध्यक्षका उम्मेदवारमा क्रमशः मोहम्मद जलिल रैन, अरविन्दकुमार विश्वास, माधव चौधरी, मोहम्मद मुस्तकिम मियाँ, श्याम दाहाल, अभिराम मण्डल, श्रीप्रसाद चौधरी, तारिकचन्द सरदार, मेहदी हुसैन, तुलाराम माझी, अशोककुमार माझी र भुनेश्वरप्रसाद मण्डल रहेका छन् ।
साविक दुहवी, सोनापुर, भलुवा, पूर्वकुशाह र सिमरियालगायतका गाविस समावेश भई बनेको दुहवी नगरपालिकाको १२ वटा वडामा ३० हजार ३५६ जना मतदाता रहेको काँग्रेस नेता दीपक राईले जानकारी दिए ।
सो अवसरमा काँग्रेस नेता हाँजी मोहम्मद अब्दुल मियाँ र पार्टीका नगर सचिव हरि प्रधानले पार्टी उम्मेदवारलाई विजयी गराउनु सबै कार्यकर्ताको साझा दायित्व भएको बताए ।
नगर प्रमुखका उम्मेदवार गौरीशङ्कर रौनियारले दुहवीमा नेपाली काँग्रेसको जितसँगै विकास निर्माण र यहाँका आवश्यकता बमोजिम महत्वपूर्ण कार्य सम्पादनमा अग्रगति लिइने प्रतिबद्धता व्यक्त गरे ।
काँग्रेसका दुहवी नगरसभापति गुलावी मियाँको अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो ।
त्यसैगरी नेकपा ९माआवादी केन्द्र०ले पनि दुहवी नगरपालिकाको प्रमुखमा अर्थलाल चौधरी र उपप्रमुखमा रोजिना विक खातुनको नाम घोषणा गरेको छ । यसैगरी सो पार्टीले पनि सबै वडाका वडा अध्यक्षसहित अन्य उम्मेदवारको नाम सार्वजनिक गरेको जनाएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देश स्टन्टले बन्दैन साथी !
-
पाँचथर र दाङमा जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ
-
कङ्गोको जङ्गलमा भेटियो नयाँ प्रजातिको बाँदर
-
खाना खाएको कति समयपछि चिया पिउने ?
-
‘ठूला’ नाम र महँगा प्रशिक्षक पाखा लागे, कम तलबका स्कालोनी र फुएन्ते विश्वकप फाइनलमा
-
महिला उद्यमी महासङ्घका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण