आफ्नो मृत्यु भइसकेका प्रेमीको वीर्यबाट आमा बन्नेछिन् यी युवती
एजेन्सी
जेठ २८ – अष्ट्रेलियामा बस्ने २४ वर्षकी आयला क्रेसवेलका प्रेमी जोशुआ डेविसको मृत्यु भइसकेको छ । तर आफ्नो प्रेमलाई जिउँदो राख्नका लागि आयलाले जे कदम उठाइन् त्यो निकै नै अचम्मको छ ।
आयला आफ्ना मृत्यु भइसकेका प्रेमीको वीर्यबाट आमा बन्नेछिन् । यसका लागि आयलाले अदालतको ढोका पनि ढक्ढकाइन् र करिब दुई महिनापछि अदालतले पनि आयलालाई हरियो झण्डा देखायो ।
वास्तवमा जोशुआ डेविस र आयला क्रेसवेल दुई वर्षदेखि सम्बन्धमा थिए । दुबैले चाँडै नै विवाह गर्ने सोच बनाएका थिए तर पछिल्लो वर्ष अगस्टमा डेविसको मृत्यु भयो ।
जोशुआ र आयलाले आफ्ना तीन सन्तान होउन् भन्ने चाहना राखेका थिए । यसै सपनालाई पूरा गर्नका लागि आयलाले डेविसको मृत्युलगत्तै उनको वीर्य स्टोर गरेर स्पर्म बैंकमा राखिदिएकी थिइन् ।
आयलाले अदालतसामू आइभीएफ प्रविधिमार्फत गर्भवती हुन गुहार लगाइन् । अब उनी यो प्रविधिमार्फत गर्भवती भएर चाँडै नै बच्चालाई जन्म दिनेछिन् ।
आयलाको यो निर्णयलाई डेविसको परिवारले पनि तारिफ गरे र उनलाई आवश्यक सबै सहयोग गरे ।
स्मरण रहोस् इन व्रिटो फर्टिलाइजेशन (आइवीएफ) एक प्रविधि हो जसमा महिलालाई कृत्रिम रुपमा गर्भाधान गराउन सकिन्छ । यसलाई टेस्ट ट्युब बेबीको नामले पनि चिनिन्छ । आइवीएफको सहारा धेरैजसो ३५ वर्षभन्दा बढि उमेरका महिलाले लिने गर्दछन् किनभने उनीहरुमध्ये धेरै प्राकृतिक तरिकाले गर्भधारण गर्न असक्षम हुन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
-
प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण