बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

सेञ्चुरीसहित तीन बैंकको एकीकृत कारोवार सुरु

आइतबार, २८ जेठ २०७४, १५ : ३०
आइतबार, २८ जेठ २०७४
काठमाडौं, जेठ २८ – सेञ्चुरी कमर्सियल बैंक, इन्नोभेटिभ डेभलपमेन्ट बैंक र अरनिको डेभलपमेन्ट बैंकको एकीकृत कारोबार सुरु भएको छ । आईतबार काठमाडौंमा एक कार्यक्रमबीच सेञ्चुरी कमर्सियल बैंक, इन्नोभेटिभ डेभलपमेन्ट बैंक र अरनिको डेभेलपमेन्ट बैंक मर्ज भई एकीकृत कारोबार सुरु गरिएको हो । तीन वटै विकास बैंकबीच मर्ज भएकै मितिबाट एकीकृत कारोबार सुरु गर्ने सहमति भएको थियो । मर्जपछि बैंकको चुक्तापूँजी ४ अरव ७१ करोड र निक्षेप ३८ अरव ५० करोड रहेको छ । सम्पूर्ण एकीकृत कारोबारपश्चात बैंकको करिव ९० शाखा हुनेछन । चालू आर्थिक वर्षको मुनाफाबाट बैंकले तोकिएको ८ अरव पूँजी सजिलै पु¥याउन सक्ने बैंकको दावी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप