बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

नेपालमा बर्ड फ्लू नरहेको सरकारको दावी

आइतबार, २८ जेठ २०७४, १५ : ३५
आइतबार, २८ जेठ २०७४

काठमाडौं, जेठ २८–सरकारले नेपालमा बर्ड फ्लू नरहेको दावी गरेको छ ।

पशुपन्छी विकास मन्त्रालयले बर्ड फ्लू रोग कहीँकतै नरहेको जानकारी गराएको हो । आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पशु सेवा विभागका महानिर्देशक डा. विमलकुमार निर्मलले नेपालमा बर्ड फ्लू रोग कहीँकतै नभेटिएको स्पष्ट पारे ।

सरकारले नेपालमा बर्ड फ्लू रोग भेटिएपनि त्यसको नियन्त्रण भईसकेको वितरण अन्तराष्ट्रिय पशु स्वास्थ्य सेवा विभागलाई पनि बुझाएको छ । पशुसम्बन्धि व्यापार प्रभावित नहोस् भन्ने उद्देश्यका साथ नेपालमा बर्ड फ्लू नभेटिएको विवरण अन्तराष्ट्रिय पशु स्वास्थ्य विभागलाई पनि बुझाइएको महानिर्देशक निर्मलले स्पष्ट पारे ।

सरकारले बर्ड फ्लू नियन्त्रणका लागि प्रभावकारी कदम चालेको दावी समेत गरेको छ । बर्ड फ्लूको शंका लाग्ने वित्तिकै मुलुकको निर्यात व्यापार झनै घट्ने गरेको सरकारी तथ्यांक छ ।

सरकारले बर्ड फ्लूबाट मुलुकलाई मुक्त राख्दै पशुपालन व्यवसायलाई प्रवद्र्धन गर्न विशेष निगरानी गर्ने कार्यलाई पनि जारी राखिएको पनि स्पष्ट पारेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप