कर्मचारीले सत्ता रिझाउन थाले प्रशासन चल्दैन : नेता बिष्ट
आइतबार, २८ जेठ २०७४, १५ : ५४
तम्घास गुल्मी, २८ जेठ । नेकपा ९एमाले०का सचिव तथा सांसद गोकर्ण बिष्टले निजामती कर्मचारीले काम छोडेर सत्ता रिझाउन थाले प्रशासन बिग्रने बताएका छन् ।
निजामती कर्मचारी सङ्गठन जिल्ला कार्य समिति गुल्मीले आज प्रकाशन गरेको ‘हामी राष्ट्र सेवक’ नामक स्मारिका विमोचन गर्दै नेता बिष्टले कर्मचारीको गलत मूल्याङ्कन प्रणाली र राजनीतिले कर्मचारी काम र दक्षतामा भन्दा चाकडीको चङ्गुलमा फसेको बताए ।
पूर्व ऊर्जामन्त्री बिष्टले अहिलेसम्म कर्मचारीलाई राजनीतिक पूर्वाग्रहभन्दा बाहिर राखेर विधि र प्रक्रियाअनुसार सरुवा वा बढुवा गर्न नसकिएको पनि स्वीकारे ।
कर्मचारी सत्ता निकट भए ठीक नभए नेटो कटाउने प्रवृत्ति अझै विद्यमान रहेको प्रसङ्ग उल्लेख गर्दै नेता बिष्टले यो प्रवृत्ति हटाउन राजनीतिक दलले अब प्रतिज्ञा गर्नुपर्ने समय आएको छ भने ।
नेता बिष्टले अहिले देशमा विभिन्न तत्वले चुनाव हुन नदिने षडयन्त्र गरिरहेको सन्दर्भमा मतदानलाई निष्पक्ष बनाउन र अधिक मतदातालाई सहभागी बनाउन कर्मचारीको ठूलो भूमिका रहने बताए ।
निजामती कर्मचारी सङ्गठनका जिल्ला अध्यक्ष भक्तिराम मरासिनीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सेवा निवृत्त भएका विभिन्न कर्मचारीलाई सम्मानसमेत गरिएको थियो ।
रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
-
प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण