बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

दलको चुनाव लड्ने पत्रकारलाई महासंघको सुझाव

आइतबार, २८ जेठ २०७४, १६ : १५
आइतबार, २८ जेठ २०७४

काठमाडौं, जेठ २८ – नेपाल पत्रकार महासंघको कुनै पनि तहमा सदस्यता लिएका पत्रकारहरुले स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्नु अघि महासंघको सदस्यता त्यागेको घोषणा गर्न पत्रकार महासंघले आग्रह गरेको छ ।

जेठ २४ गतेको महासंघ सचिवालय बैठकको निर्णयले यस्तो आग्रह गरेको महासचिव उजिर मगरले जनाएका छन् । महासचिव मगरले आइतबार जारी गरेको विज्ञप्तिमा ‘नेपाल पत्रकार महासंघका कुनै पनि तह (केन्द्र, प्रदेश, जिल्ला) कार्य समितिभित्र पदाधिकारी वा सदस्य रहिरहेको व्यक्ति कुनै पनि राजनीतिक पदको निर्वाचनमा उम्मेदवार हुने भएमा महासंघको विधानको अक्षर र भावना बमोजिम उम्मेदवार हुनुअघि महासंघको कार्य समितिबाट राजीनामा गर्नुहुन आग्रह छ । राजीनामा नगरी उम्मेदवार भएमा कार्य समितिको पद स्वतः रिक्त भएको मानिने छ , ’ उल्लेख छ ।

त्यस्तै महासंघले कार्य समितिमा रहेका बाहेक अन्य पद वा साधारण सदस्य रहिरहेका व्यक्तिका हकमा राजनीति र पत्रकारिता एकसाथ गर्दा स्वार्थ बाझिने भएकाले नौतिक रुपमा महासंघको सदस्यता तथा पत्रकारिताबाट अलग रहेको स्वयं घोषणा गर्न महासंघ आव्हान गरेको छ ।

यस सन्दर्भमा नीतिगत छलफल भने आगामी महाधिवेशनमा हुने केन्द्रीय समितिले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप