बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

निर्वाचनलाई आन्दोलनको रुपमा उपयोग गर्न नयाँ शक्ति र संघीय फोरमको राजपालाई आग्रह

आइतबार, २८ जेठ २०७४, १६ : ३८
आइतबार, २८ जेठ २०७४
काठमाडौं, जेठ २८ – नयाँ शक्ति र संघीय समाजवादी फोरमले संविधानलाई अधिकतम स्वीकार्य बनाउन संविधान संशोधन लगायतका विषयहरुमा सरकार र आन्दोलनरत दलहरुबीच भएका सहमतिलाई कार्यान्वयन गर्न माग गरेका छन् । आइतबार नयाँ शक्तिका संयोज डा. बाबुराम भटटराई र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै मधेश तथा थरुहटमा भएको जनविद्रोहको क्रममा शहादत प्राप्त सबै व्यक्तिहरुलाई शहीद घोषणा, राजबन्दीको रिहाई, झुठा मुद्दाहरु फिर्ता तथा क्षतिपूर्ति लगायतका विषयहरुलाई यथाशीघ्र कार्यान्वयन गरी सबै शक्तिहरुलाई निर्वाचनमा आउने वातावरण निर्माण गर्न माग गरेका हुन् । त्यस्तै नयाँ शक्ति र संघीय समाजवादीले प्रतिक्रान्तिकारीहरुको षड्यन्त्र परास्त गर्न तथा आन्दोलनबाट प्राप्त उपलब्धिहरुको रक्षा गर्दै पहिचान र अधिकारसहितको सङ्घीयता प्राप्तिको आन्दोलनलाई थप उचाइमा पुर्याउनका निर्वाचनलाई समेत आन्दोलनको रुपमा उपयोग गर्न राष्ट्रिय जनता पार्टी लगायत सबै आन्दोलनरत दलहरुलाई अनुरोध गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप