बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

राजनीतिक दल सम्बन्धि पहिलो संशोधन विधेयक २०७४ बहुमतले पारित

आइतबार, २८ जेठ २०७४, १६ : ५८
आइतबार, २८ जेठ २०७४
काठमाडौं, जेठ २८ – व्यवस्थापिका संसदबाट राजनीतिक दलसम्बन्धी पहिलो संशोधन विधेयक २०७४ बहुमतले पारित भएको छ । आन्दोलनरत राष्ट्रिय जनता पार्टी नेपाललाई चुनावमा सहभागी गराउन सरकारले नियम निलम्बन गरेर आईतबार सो विधेयक संसदमा पेस गरेको थियो । नियमित प्रक्रियाबाट विधेयक ल्याउन संसद्मा दर्ता भएको पाँच दिन परिपक्व हुन समय लाग्ने भएकाले नियम निलम्बन गरेर विधेयक पास गरिएको हो । संसद बैठकमा प्रतिपक्ष सांसदले विधेयकबारे विरोध गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप