राजपाद्वारा चुनाव भाँड्ने घोषणा, असार १० गतेदेखि अनिश्चितकालिन आमहड्ताल
काठमाडौं, जेठ २८– राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको संघीय गठबन्धनले चुनाव भाँड्ने योजनाका साथ आगामी असार १० गतेदेखि अनिश्चितकालिन आमहड्तालको घोषणा गरेको छ ।
संघीय गठबन्धनको ब्यानरमा आइतबार पत्रकार सम्मेलन गरी राजपा अध्यक्षमण्डलका सदस्य तथा संघीय गठबन्धनका संयोजक महन्थ ठाकुरले जेठ २९ गतेदेखि चुनावविरोधी चरणबद्ध आन्दोलनको कार्यक्रमको घोषणा गरेका हुन् ।
घोषित आन्दोलनको कार्यक्रमअनुसार जेठ २९ गते देशभरकारका जिल्ला सदरमुकाममा मसाल जुलुस प्रदर्शन गर्ने, जेठ ३० , ३१ तथा असार १ र २ गते मधेस, थरुहट र लिम्बुवान बन्द गर्ने घोषणा गरिएको छ । सोहि बीचमा हरेक स्थानीय तहमा निर्वाचनविरुद्ध माइकिङ गर्ने, तालाबन्दी गर्ने र लाठी जुलुस प्रदर्शन गर्ने समेत तय गरिएको छ ।
पत्रकार सम्मेलनमा ठाकुरले असार ३ र ४ गते सबै निर्वाचन केन्द्रहरुमा सहीदहरुको तस्बिर प्रदर्शन गर्ने, ५ गते सबै जिल्ला सदरमुकाममा लाठी जुलुस प्रदर्शन गर्ने तथा असार ६ देखि १४ गतेसम्म निर्वाचनसम्बन्धी सबै कार्यक्रम र गतिविधिलाई अवरुद्ध पार्ने तय गरिएको समेत जानकारी दिए ।
यसैगरी असार ८ गते सबै जिल्लाका विभिन्न स्थानमा मोटरसाइकल र्याली निकाल्ने तथा ९ गते मसाल जुलुस निकाल्ने तय गरिएको छ भने १० गतेदेखि अनिश्चितकालिन आमहड्ताल गरिने ठाकुरले बताए ।
सत्तारुढ दलले असार १४ गतेको दोस्रो चरणको स्थानीय तह चुनावअघि राजपाको माग पूरा गर्न नसकिने प्रष्ट पारेपछि राजपाले आन्दोलनको घोषणा गरेको हो ।
राजपाले संविधान संशोधन गरिनुपर्ने, स्थानीय तहको संख्या बढाइनुपर्ने, मधेस आन्दोलनमा घाइते भएकालाई निशुल्क उपचार गरिनुपर्ने, मृतकलाई सहीद घोषणा गरिनुपर्ने, बन्दीको रिहाई र झुटा मुद्दा फिर्ता लिइनुपर्ने लगायतका माग राखेको छ ।
आइतबारमात्रै पनि राजपालाई मनाएर चुनावमा जाने प्रयासमा सत्तारुढ दलले वार्ता बोलाएपनि छलफल निष्कर्षविहिन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् ऐतिहासिक जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
-
प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण