अनलाइनबाट चार महिनामा एक सय ४४ उद्योग दर्ता
आइतबार, २८ जेठ २०७४, १८ : ०८
काठमाडौँ, जेठ २८ – उद्योग विभागले चार महिनामा अनलाइनको माध्यामबाट १४४ उद्योग दर्ता गरेको छ । माघ २ गतेदेखि अनलाइन प्रणाली सुरु गरेको विभागले चार महिनामा १४४ उद्योग दर्ता गरेको हो ।
विभागका प्रवक्ता दुर्गाप्रसाद भूषालले अनलाइन माध्याम सुरु गरेदेखि उद्योग दर्ता गर्ने क्रम बढेको बताए । विभागमा हाल ठूला २७, मझौला ३२ र साना ८५ उद्योग अनलाइनमार्फत दर्ता भएका छन् ।
विभागले रु १० करोडदेखि २५ करोड लगानी भएको मझौला तथा रु २५ करोडदेखिमाथि लगानी भएको ठूला उद्योगलाई मात्र दर्ता गर्दै आएको छ भने विदेशी लगानीमा सञ्चालित साना उद्योगलाई समेत दर्ता गर्दै आएको छ ।
विभागमा चालु आर्थिक वर्षको दश महिनामा अनलाइनबाट १४४ सहित ४१८ उद्योग दर्ता भएका छन् । जसमध्ये ठूला ८६, मझौला ७५ र साना २५७ उद्योग दर्ता भएको प्रवक्ता भूषालले बताए। गत आर्थिक वर्षमा विभागबाट ४१० ठूला, मझौला तथा विदेशी लगानीका साना उद्योग दर्ता भएका थिए ।
संविधान निर्माण र लोडसेडिङको अन्त्यसङ्गै स्वदेशमा औद्योगिकमैत्री वातावरण बन्दै गएकाले उद्योग दर्ता गर्ने क्रम बढेको विभागले जनाएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देश स्टन्टले बन्दैन साथी !
-
पाँचथर र दाङमा जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ
-
कङ्गोको जङ्गलमा भेटियो नयाँ प्रजातिको बाँदर
-
खाना खाएको कति समयपछि चिया पिउने ?
-
‘ठूला’ नाम र महँगा प्रशिक्षक पाखा लागे, कम तलबका स्कालोनी र फुएन्ते विश्वकप फाइनलमा
-
महिला उद्यमी महासङ्घका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण