बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

असल मनसायले गरिएको हुँदा सकारात्मक रूपमा ग्रहण गर्नुस् – निर्वाचन आयोग

आइतबार, २८ जेठ २०७४, १८ : ४१
आइतबार, २८ जेठ २०७४
काठमाडौँ, जेठ २८ – स्थानीय तह निर्वाचनका क्रममा मतदाता शिक्षालाई अझ बढी प्रभावकारी बनाउने उद्देश्यले सरकारी कामकाजको नेपाली भाषाका अतिरिक्त अन्य राष्ट्र भाषामा समेत मतदाता शिक्षा सामग्री उत्पादन गरी व्यापक रुपमा प्रचारप्रसार भइरहेको निर्वाचन आयोगले जनाएको छ । संविधानसभाबाट जारी नेपालको संविधानले नेपालमा बोलिने सबै मातृभाषालाई राष्ट्रभाषा मानेको जनाउँदै आयोगले सबै भाषिक समुदायप्रति सम्मान व्यक्त गर्दै सबै भाषाप्रति संवेदनशील रहेको जनाएको छ । सोही क्रममा मैथिली भाषामा तयार गरिएको मतदाता शिक्षा सामग्रीमा प्रयोग गरिएको ‘जनानी’ भन्ने शब्दले मैथिली समुदायका महिलाको अपमान भएको भन्ने गुनासोप्रति आयोगको ध्यानाकर्षण भएको जनाएको छ । सम्बन्धित समुदायका मतदातालाई आफ्नै मातृभाषामा मतदाता शिक्षा दिने असल मनसायका साथ विभिन्न राष्ट्रभाषामा मतदाता शिक्षा सामग्री उत्पादन, प्रकाशन र प्रसारण गरेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘सबै नेपालीलाई आआफ्नो मातृभाषामा मतदाता शिक्षा दिई आम जनतासमक्ष मतदाता शिक्षाको पहुँच बढाउने उद्देश्यले विभिन्न भाषामा आधिकारिक निकायबाट अनुवाद हुँदा भाषिक समुदायको मर्यादामा आँच पुग्न गएको खण्डमा भाषालाई मर्यादानुकूल गराउन आम मतदाता र भाषिक समुदायसमक्ष हार्दिक अनुरोध गर्दछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप