कुनै पनि शक्तिले निर्वाचन रोक्न सक्दैनः ओली
आइतबार, २८ जेठ २०७४, १८ : ५२
ओपेन्द्र बस्नेत
तुलसीपुर, जेठ २८– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन कुनै पनि शक्तिले रोक्न नसक्ने बताएका छन् ।
नेकपा एमाले दाङ देउखुरी जिल्ला कमिटी दाङले तुलसीपुरमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै ओलीले असार १४ गतेको निर्वाचन विभिन्न वाहानामा सार्न खोजेपनि अब त्यो सम्भव नभएको बताए । निर्वाचनबारे कुनै आशंका गर्नु नपर्ने ओलीको भनाइ छ ।
स्थानीय प्रशासनलाई निश्पक्ष र स्वतन्त्र निर्वाचन गराउन आग्रह गर्दै ओलीले वुथ कब्जा गर्दा, मतपत्र च्यात्दा चुप लागेर नबस्न समेत सुझाव दिए । एमालेको उद्देश्य राष्ट्र बचाउने भएकाले राष्ट्र विरोधी गतिविधि गर्नेलाई जनताले पत्तासाप गर्ने ओलीको भनाइ थियो ।
मधेसका स्थानीय भाषा नबोली हिन्दी बोल्न खोज्नेहरु विखण्डनकारी भएको ओलीले आरोप लगाए । ‘मैथली, भोजपुरी, अबधी, थारु, धिमाल, भाषा नबोलेर जानीनजानी हिन्दी बोल्न खोज्नेहरु नै राष्ट्रलाई बिखण्डन गर्न खोजेको हुन् ।’–उनले भने । ओलीले एमालेलाई मधेसविरोधी भनेर भ्रम छर्ने काम भइरहेको भन्दै रोष प्रकट गरे ।
यस्तै, एमालेका उपाध्यक्ष युवराज ज्ञावलीले माओवादीले एमालेको बारेमा कुप्रचार गर्दै हिडेको आरोप लगाए । देशभर एमालेको लहर छाएको देखेर गलत हौवा फैलाएको उनको भनाइ थियो । सभामा एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेल, पोलिटव्यूरो सदस्य प्रकाश ज्वाला, सांसद शान्ता चौंधरी लगायतले मधेसमा पनि एमाले ठूलो पार्टी बन्ने दाबी गरेका थिए । सभा हुनअघि दाङका विभिन्न ठाउँबाट ¥याली निकालिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् ऐतिहासिक जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
-
प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण