बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

अनिताले चुमिन् मिस मंगोलको ताज

आइतबार, २८ जेठ २०७४, १९ : २४
आइतबार, २८ जेठ २०७४
काठमाडौं, जेठ २८ – सिन्धुपाल्चोककी १७ वर्षिया अनिता लामाले मिस मंगोल नेपाल २०१७ को उपाधि चुमेकी हुन् । शनिबार राजधानीमा आयोजित प्रतियोगीतामा २९ प्रतिष्पर्धीलाई पछि पार्न सफल उनले उपाधिको साथमा पार्दै एक लाख रुपैयाँ पुरस्कारको रुपमा हात पारिन् । भविश्यमा वकिल बन्ने लक्ष्य लिएकी अनिता मिस पङचुअल समेत घोषित भइन् । एक्सन इन्टरटेनमेन्टद्धारा आयोजित प्रतियोगीतामा बाग्लुङकी २३ वर्षिया खुसी मगर र धरान सुनसरीकी १८ वर्षिया श्वेता थापामगर क्रमशः फस्ट र सेकेन्ड रनरअप घोषित भए । अभिनेता नीर शाह, पूर्वप्रहरी महानिरिक्षक कुबेरसिंह राना, स्टान्टर्ड चार्टड बैंकका सीइओ जोसेफ सिल्भानस, मगर समाज सेवा केन्द्रका अध्यक्ष मानबहादुर बुढामगर, अभिनेता भुवन केसी, चलचित्र निर्देशक मिलन चाम्स एवं अभिनेत्रीद्धय सरिता लामिछाने र दिया पुन लगायत निर्णायक रहेको प्रतियोगीतामा खुसी र श्वेताले क्रमशः ५० र २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । मिस मंगोल नेपाल २०१७ मा १७ जिल्लाका ३० प्रतियोगी अन्तिम प्रतिष्पर्धामा उत्रिएका थिए । जसमा रसुवाकी भुमिका थापा मिस लिडरसिप, रामेछापकी रेभा सुनुवार मिस पर्सनालिटी, धनकुटाकी निशा लिम्बु मिस बेस्ट हेयर, काभ्रेकी रेनुका लामा मिस बेस्ट स्किन, सुनसरीकी निशा राई मिस डिस्सिप्लिन, सुनसरीकै महिमा राई मिस फ्रेन्डसिप, काठमाडौंकी केट्रिन कुलुङ मिस पब्लिक च्वाइस र बागलुङकी करुना पुन मिस ट्यालेन्ट घोषित भए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप