राजधानीमा बलिउडका चर्चित गायक कुमार सानु गुन्जने
आइतबार, २८ जेठ २०७४, १९ : २८
काठमाडौं, जेठ २८ – चर्चित भारतीय गायक कुमार सानु राजधानी गुन्जने भएका छन् । जुलाई १५ अर्थात ३१ असारमा आयोजना हुने कुमार सानु लाइभ इन कन्सर्ट उनी बिभिन्न चर्चित गीत सहित राजधानी बासी दर्शक माझ प्रस्तुत हुने भएका हुन् ।
मुन्टेज इन्टरनेशनलको आयोजनामा होटल याक एण्ड यतिमा हुने कार्यक्रममा गायक सानुले आफ्नो ब्याण्डका साथ लाइभ गीत संगीत प्रस्तुत गर्नेछन् ।
कार्यक्रममा गायक सानुले आफ्ना हिट हिन्दी तथा केही नेपाली गीतहरु सुनाउने आयोजक मुन्टेज इन्टरनेशनलले आइतबार राजधानीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गरायो ।
कार्यक्रम नेपालका चर्चित गायक/ गायिका रामकृष्ण ढकाल, सुगम पोखरेल, देविका बन्दना र स्मिता घिमिरेले पनि आफ्ना सुमधुर गीतहरु सुनाउने छन्, भने अभिनेत्री निशा अधिकारी, हाँस्य कलाकार जितु नेपालको पनिसाथ रहने छ ।
गायक सानुले २७ बर्षको गायन करियरमा १७ हजारभन्दा बढि गीत गाइसकेका छन् । भारतका चर्चित पाश्र्वगायक सानुले सन् १९९३ मा बर्षभरीका सबैभन्दा धेरै गीत रेकर्डिङ गराउने गायकका रुपमा गिनिजबुक अफ वल्र्ड रेकर्डस्मा समेत नाम लेखाएका थिए ।
गायक सानुले नेपाली गीतहरुमा ‘म त अब रिसाउँछु, फुल भए जीन्दगी, साँची राखुँ जस्तो लाग्छ, सपना सपना, यो कथा हो तृष्णा मेरो, यो दुइ थोपा आँसु, जतिसम्म जीवन, भरे आउँछु सपनीमा जस्ता झण्डै ५ सयको हाराहारीमा नेपाली गीत गाएका छन् ।
कन्सर्ट श्वेताश्री फाउन्डेसनको सहयोगार्थ आयोजना गरिन लागिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देश स्टन्टले बन्दैन साथी !
-
पाँचथर र दाङमा जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ
-
कङ्गोको जङ्गलमा भेटियो नयाँ प्रजातिको बाँदर
-
खाना खाएको कति समयपछि चिया पिउने ?
-
‘ठूला’ नाम र महँगा प्रशिक्षक पाखा लागे, कम तलबका स्कालोनी र फुएन्ते विश्वकप फाइनलमा
-
महिला उद्यमी महासङ्घका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण