बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

राजपाले विथोल्यो एमालेको चुनावी कार्यक्रम (भिडियोसहित)

आइतबार, २८ जेठ २०७४, २० : १३
आइतबार, २८ जेठ २०७४
सौरब यादव राजविराज, जेठ २८– नेकपा एमालेको चुनाव कार्यक्रम राष्ट्रिय जनता पार्टीका कार्यकर्ताले विथोलेका छन् । सप्तरीको राजविराजस्थित साह धर्मशालामा राखिएको एमालेको कार्यक्रम राजपा कार्यकर्ताले विथोलेका हुन् । उनीहरुले एमालेको प्रचार सामग्रीसमेत जलाइदिएका छन् । राजपा कार्यकर्ता एमालेको कार्यक्रम भइरहेको धर्मशालामा प्रवेश गरी एक्कसी तोडफोडमा उत्रिएका थिए । एमालेले चुनावी प्रचारका लागि राखेको झण्डा, पर्चा–पम्प्लेट तथा निर्वाचन चिन्हअंकित टिसर्टहरुसमेत जलाइदिएका छन् । नेकपा एमालेले राजपाले गरेको आक्रमणको निन्दा गर्दै दोषीमाथि आवश्यक कारवाहीको माग गरेको छ । घटनाको भत्सर्ना गर्दै एमालेले प्रशासनलाई जानकारी दिएर गरिएको कार्यक्रममा सुरक्षा निकायको अनुपस्थितिले आश्चर्यमा पारेको जनाएको छ । निर्वाचनको वातावरण बिगार्न खोज्नेहरुप्रति सचेत रहन र आफ्ना कार्यकर्ताहरुलाई संयम रहन आग्रह गर्दै एमाले नगर कमिटीका अध्यक्ष निरन्जन झाले राजपाको गैरलोकतान्त्रिक कार्यप्रति भत्सर्ना गरेका छन् । घटना लगत्तै प्रहरी टोली पुगेका कारण स्थिति नियन्त्रण बाहिर जान नपाएको बताइएको छ । प्रहरी टोलीले झडप हुनबाट रोकेपछि थप क्षति भने हुन पाएन । हेर्नुहोस्, भिडियोः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप