बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

छोरीलाई बलात्कार गरेको आरोपमा बावु पक्राउ

आइतबार, २८ जेठ २०७४, २० : ४१
आइतबार, २८ जेठ २०७४
रविन्द्र काफ्ले फिदिम, जेठ २८ – आफ्नै १७ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ४६ वर्षीय बावुलाई पक्राउ गरेको छ । पीडितको उजुरीका आधारमा आरोपित बावुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक विज्ञान बस्नेतले जानकारी दिए । पीडितले गत जेठ २२ गते बावु विरुद्ध उजुरी जिल्ला प्रहरी कार्यालय पाँचथरमा उजुरी दिएकी थिइन् । पाँचथरको याङवरक गाँउपालिका घर भएका बावुले छोरीलाई विगतदेखि नै पटक–पटक जवरजस्ती गर्दै आएको पीडितले वताएको प्रहरीले जनाएको छ । प्रहरीले घट्ना सार्वजनिक नगरी अनुसन्धान गर्दै आएको थियो । पीडितकी आमाले ५ वर्षअघि दोश्रो विवाह गरेपछि घरमा बावु छोरी मात्रै बस्दै आएका थिए । बावुले पटक–पटक बलात्कार गर्दै आएको भएपनि पीडित बालिकाले बावुको डर तथा लाजले आफन्त, छिमेकी तथा प्रहरीलाई खवर गरेकी थिइनन् । तर, पछिल्लो पटक मादक पदार्थ सेवन गरी आएका बावुले बलात्कार गर्नुका साथै धारिलो हतियार प्रहार गरी घाइते बनाएका थिए । टाउको चोट लागेकी पीडित बालिकाले पीडा सहन नसकेर आफन्त तथा छिमेकीको सहयोगमा प्रहरीमा उजुरी गरेको प्रहरीको भनाइ छ । पीडित बालिकाको पाँचथर जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरि उपचार भइरहेको छ भने पीडक बावुलाई हाडनाता करणी सम्बन्धी मुद्दा दायर गरि अनुसन्धानको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । हाडनाता करण भएकाले पीडकको विवरण गोप्य राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप