अनुष्काले जितिन् 'मिस सी चितवन'को ताज
आइतबार, २८ जेठ २०७४, २१ : २७
काठमाडौं, जेठ २८– विभिन्न सामाजिक काममा पाईला अघि बढाउँदै आएको संस्था ’लिभ एण्ड लिड ईन्टरनेशनल’को तर्फबाट पहिलो पटक आयोजना भएको ’मिस सी चितवन’को ताज अनुष्का रानाभाटले जितेकी छिन् ।
अन्तिम स्पर्धामा २८ जना प्रतियोगीलाई पछि पार्दै १६ बर्षिय अनुष्का ’मिस सी चितवन’को पहिलो विजेता बन्न सफल भएकी हुन् ।
अनुष्कालाई पछिल्लो संस्करणको मिस चितवन विजेता सुमन गुरुङले ताज पहिराएकी थिईन् । विजेता अनुष्काले एक बर्षको लागी आयोजक संस्थाको ब्राण्ड बन्दै २० हजार नगद, अक्सफोर्ड कलेजमा उच्च सिक्षाको लागी १ बर्षे छात्रवृद्धिसँगै ट्रफी र प्रमाणपत्र हात पारिन् ।
यस्तै पहिलो रनरअप भुमिका आचार्य घोषित हुँदा दोश्रो रनरअप सुजना ढकाल बनिन् । पहिलो र दोश्रो रनरअपले क्रमशः १५ हजार र १० हजार पुपैयाँसँगै अक्सफोर्ड कलेजमा ९ महिना र ६ महिनाको छात्रवृद्धि तथा ट्रफी र प्रमाणपत्र हात पारे । त्यस्तै तेश्रो रनरअप श्वेता अर्याल बनिन् भने चौथो रनरअप करिना श्रेष्ठ बनिन् ।
‘मिस सी चितवन’को लागी बर्ष २०७३ मा सी (एसएलसी) परिक्षा दिएका ३ सय बढि छात्राहरुले सहभागीता जनाएका थिए । फाईनल स्पर्धामा अभिनेता क्याप्टेन विजय लामा प्रमुख अतिथीको रुपमा उपस्थित थिए भने अन्य विभिन्न संघ संस्थाका लब्धप्रतिष्ठित व्याक्तिहरुको पनि सहभागिता थियो ।
आयोजक संस्थाका प्रमुख नविन यादवले सेकेण्डरी लेभल पार गर्दै गरेका किशोरीहरु भित्र लुकेको अन्तरनिहित प्रतिभालाई बाहिर ल्याउने सँगसँगै शैक्षिक गतिविधीसँग जोडिएका अन्य विधामा पनि ज्ञान प्रदान गर्ने उद्देश्य लिएर यो प्रकारको कार्यक्रम आयोजना गरिएको बताए ।
उनले आफ्नो संस्थाको तर्फबाट ’शिक्षाको लागी सँगै’ नामको शैक्षिक अभियान पनि सञ्चालक गर्दै आएको भन्दै उक्त अभियान अन्तर्गत ९ जिल्लाका भुकम्प पीडीत १५३ जना छात्र छात्रालाई प्राईमेरी देखि उच्च कक्षासम्मको पढाई निःशुल्क शिक्षा प्रदान गर्दै आएको समेत बताए ।
आयोजक संस्थाले यो प्रकारको कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तता दिने बताएको छ । भने यो बीचमा छिट्टै नै संसारमै पहिलो पटक दृष्टिबिहिनहरुलाई लक्षित गरेर ’क्विज ब्याटल’ सञ्चालन गर्न लागेको बताएको छ । छिट्टै नै सुरु हुने उक्त कार्यक्रम ईमेज टिभीमा प्रशारण हुनेछ भने अभिनेता लामाले कार्यक्रमको ’होस्ट’ गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
-
प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु
-
अर्जेन्टिनासँगको हारपछि निराश केनले के भने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण