बीर अस्पतालबाटै विरामी गायब !
आइतबार, २८ जेठ २०७४, २१ : ३९
रामेछाप, जेठ २८ – बीर अस्पतालमा उपचार गराइरहेकी रामेछापको मन्थली नगरपालिका–७ ओढारेकी ४४ वर्षिय हस्तमाया माझी अस्पतालबाटै हराएकी छन् ।
घरको नजिकै रहेको पधेँराबाट पानी बोकेर आउँने क्रममा लडेर दाइने हातको पाता खुस्कीएपछि उपचारको लागि आफन्तका साथ बीर अस्पताल पुगेकी माझी २७ गते बिहान २ बजे अस्पतालबाटै हराएको पारिवारिक श्रोतले बताएको छ ।
अस्पताल भर्ना भएकी माझीको कुरुवा बसेकी छोरी निधाएको बेला बाहिर निस्केको र थाहा पाएपछि खोजतलास गर्दा फेला नपरेको माझीकी श्रीमान रंगबहादुर माझीले बताए ।
२६ गते बेलुका अस्पताल भर्ना भएकी माझी हातमा लगाएको सलाइन सहित हराएकी थिइन । दुई दिनदेखि माभीको खोजी भइरहे पनि पत्ता नलागेको उनको परिवारले जनाएको छ ।
अस्पतालमा जडान गरिएको सीसी क्यामेरमा हेर्दा पनि उनी बाहिर निस्किएको नदेखिएको अस्पताल श्रोतको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
-
प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु
-
अर्जेन्टिनासँगको हारपछि निराश केनले के भने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण