बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

मर्यो भनि फ्याँकिएका दरैको उपचार हुँदै : के गर्दै छ प्रहरी ?

सोमबार, २९ जेठ २०७४, ०८ : २८
सोमबार, २९ जेठ २०७४
-किरण श्रेष्ठ तनहुँ, २९ जेठ - गत बुधवार धारिलो हतियार प्रहार गरी मर्यो भनि फ्याँकिएका व्यास न.पा. वडा नं १ भाँदगाउँ निवासी सन्तोष दरैको पोखरा स्थित मेट्रो सिटी अस्पतालमा उपचार भैरहेको छ । व्यास १ भाँदगाउँमा सामान्य मोटर साइकलको मर्मत केन्द्र संञ्चालन गर्दै आएका दरैमाथि पृथ्वीराजमार्ग अन्तर्गत मनोहरि भन्ने स्थानमा करिव ३० जनाको समूहले आक्रमण गरेको थियो । उनको शरीरको कम्मर र हातमा खुकुरीको गहिरो चोट लागेको र ६० टाँका लगाइएको छ । देब्रे हातको पाखुराको नशा काटिएको छ । आफ्नो ज्यान बचेकोमा केही आशाबादी देखिए पनि बिनाकारण आक्रमणमा पर्नु र घट्नामा संलग्नलाई प्रहरीले पक्राउ नगरेकोमा अस्पतालको बेडबाटै प्रहरी प्रशासन प्रति आक्रोश व्यक्त गरेका छन् । के गर्दै छ प्रहरी ? घट्ना घटेको ५ दिन बितिसक्दा पनि प्रहरीले घट्नामा संलग्न व्यक्तिहरु एक जना पनि पक्राउ गर्न सकेको छैन् । एक व्यक्ति माथि करिब ३० जनाले हतियार प्रहार गरी ज्यानै लिने सम्मको घट्ना हुदाँ प्रहरीले घट्नाप्रति वेवास्ता गरेको भन्ने सर्वसाधारणले गुनासो गर्न थालेका छन् । तनहूँका प्रहरी प्रमुख एसपी उमेशराज जोशीले विभिन्न क्षेत्रबाट अन्य घट्नामा संलग्न रहेको आँशकामा ७-८ जना पक्राउ परेको भएपनि उक्त घट्नामा संलग्न व्यक्ति पनि पक्राउ नपरेको बताए । शंकास्पद स्थानहरुमा खोज्दा नभेटे पछि प्रहरीले नयाँ तरिकाबाट अनुसन्धान कार्य जारी राखेको एसपि जोशीले बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप