कर्णालीका माओवादी नेताहरुको प्रचण्डलाई अनुरोध : कर्णालीमा हाम्रै नेतृत्वको सरकार चाहिन्छ
नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशका नेताहरुले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर कर्णाली प्रदेश सरकारको नेतृत्व माओवादीले नै पाउनुपर्ने माग राखेका छन् । माओवादी प्रदेश इञ्चार्ज कालिबहादुर मल्ल, प्रदेश अध्यक्ष विमला केसीसहितका नेताहरु प्रधानमन्त्री प्रचण्डको सरकारी निवास बालुवाटारमा पुगेर आइतबार सो माग राखेका हुन् ।
०७४ मा १३ सिटसहित सरकारको नेतृत्व गरेको माओवादीले कर्णालीमा अहिलेपनि १३ सिटनै प्राप्त गरेको छ । गठबन्धनभित्रको साझेदार दल नेकपा एमाले अहिले १० सिटमा सीमित छ । सिट संख्या र जनयुद्धको आधार क्षेत्र समेत भएकाले कर्णालीमा माओवादी नेतृत्वकै सरकार बन्नुपर्ने माओवादीका नेताहरुको माग छ । माओवादी प्रदेश इञ्चार्ज कालिबहादुर मल्लले कुनैपनि हालतमा कर्णालीमा माओवादीकै नेतृत्वमा पहिलो चरणमा सरकार गठन हुनेगरि अघि बढ्न प्रचण्डसामु माग राखिएको रातोपाटीलाई बताए । ‘ कर्णालीमा हाम्रो नेतृत्वको सरकार बन्नुपर्ने दाबी स्वभाविक छ,’मल्लले भने,‘ कर्णालीमा हाम्रो सरकार हुनुपर्छ भन्ने माग राखेर आइयो ।’
प्रदेश अध्यक्ष विमला केसीका अनुसार जवाफमा अध्यक्ष प्रचण्डले ‘हामी छलफलमा छौँ, सकेसम्म कर्णालीलाई माओवादीकै भागमा पार्नेगरि छलफल गरिने बताएका थिए ।’ प्रचण्डले कर्णालीको दाबी स्वभाविकै रहेको जवाफ दिएका थिए । यद्यपि केन्द्रमा छलफल जारी नै रहेकाले पछि जे निर्णय हुन्छ, त्यही निर्णय प्रदेशले मान्नुपर्ने भनाई प्रधानमन्त्री प्रचण्डको थियो ।
‘हामीले प्रदेशमा दाबी गर्ने प्रदेश भनेको कर्णाली र सुदुरपश्चिम हो,’ प्रचण्डको भनाई उदृत गर्दै माओवादी नेता डा। दीपेन्द्र रोकायाले भने,‘ यद्यपि केन्द्रीय गठबन्धनको संयन्त्रबीच छलफलबाट के निष्कर्ष निस्किन्छ, सोही अनुसार अघि बढ्नुपर्ने हुन्छ ।’
कर्णालीका माओवादीबाट रुकुम पश्चिमका राजकुमार शर्मा मुख्यमन्त्रीका दाबेदार हुन् । उनी सर्वसम्मत तरिकाले दल नेता चुनिसकेका छन् । उता एमालेबाट भने यामलाल कँडेल मुख्यमन्त्रीका दाबेदार हुन् । एमालेका नेताहरु पनि सरकार गठनको विषयलाई लिएर काठमाडौँ गएका छन् । एमाले नेताहरुले प्रदेशमा सिट संख्यालाई महत्व दिन नहुने तर्क गरिरहेका छन् ।
माओवादी अध्यक्ष केसीले प्रचण्डसँग पार्टी पुनः निर्माणमा लाग्नुपर्यो, संघीयतालाई बलियो बनाउनेतर्फ अग्रसर हुनुपर्ने विषयमा पनि छलफल भएको थियो । साथै सिंजा सभ्यता विद्येयकको विषयमा छलफल गरिएको माओवादी नेता नरेश भण्डारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
-
प्रदेश सरकार सहकार्यका लागि एमाले र नेकपाबिच ३ बुँदे सहमति
-
सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र सङ्कटमा : नारायणकाजी श्रेष्ठ
-
प्रदेश सरकार गठनबारे एमाले र नेकपाबिच सहमति
-
डा.केसीका माग सन्दर्भमा संवादमार्फत यथाशीघ्र सहमतिमा पुग्न प्रतिबद्ध छौँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण