लुम्बिनी प्रदेशसभा बैठक बस्दै
दाङ । लुम्बिनी प्रदेशसभाको पहिलो बैठक आज बस्दै छ । राप्ती उपत्यका देउखुरीमा पहिलो अधिवेशन बस्न थालेको हो । आज दुईवटा बैठक बस्ने कार्यसूची सार्वजनिक भएको छ । पहिलो बैठकमा प्रदेशसभाको अधिवेशन आह्वानसम्बन्धी पत्र ज्येष्ठ सदस्य डिल्लीराज भुसालले पढेर सुनाउने र प्रदेश प्रमुख अमिक शेचरनले प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए ।
दोस्रो बैठकमा ज्येष्ठ सदस्य भुसालले ‘लुम्बिनी प्रदेशसभा नियमावली, २०७९’ पारित गरियोस् भनी प्रस्ताव गर्नेछन् । यस्तै दलको तर्फबाट प्रदेशसभा सदस्यहरूले शुभकामना मन्तव्य राख्ने कार्यसूची रहेको छ ।
प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसका आधारमा प्रदेश प्रमुखले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेशसभाको अधिवेशन आह्वान गर्नुभएको हो । यो अधिवेशनपछि सभामुख र उपसभामुख चयनको लागि बाटो खुल्नेछ । पहिलो बैठक बसेको मितिले १५ दिनभित्र सभामुख र उपसभामुख चयन गर्नुपर्ने कानुनी व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘तिब्बतीयन मुस्ताङ अ कल्चरल रेनेसा’ सार्वजनिक
-
करेन्ट लगाएर माछा मर्ने क्रममा एक जनाको मृत्यु
-
लुम्बिनी प्रदेशसभामा स्थानीय सेवा गठनसम्बन्धी विधेयक पेश
-
चार धाम यात्रा : १७ तीर्थयात्रीको मृत्यु
-
नेपाली मूलका ढकालद्वारा अमेरिकाको हर्न्डन सहरको मेयर पदमा उम्मेदवारी घोषणा
-
व्यक्तिलाई दोषी करार गर्न मिल्दैन : शिशिर खनाल