लुम्बिनी प्रदेशसभा बैठक बस्दै
दाङ । लुम्बिनी प्रदेशसभाको पहिलो बैठक आज बस्दै छ । राप्ती उपत्यका देउखुरीमा पहिलो अधिवेशन बस्न थालेको हो । आज दुईवटा बैठक बस्ने कार्यसूची सार्वजनिक भएको छ । पहिलो बैठकमा प्रदेशसभाको अधिवेशन आह्वानसम्बन्धी पत्र ज्येष्ठ सदस्य डिल्लीराज भुसालले पढेर सुनाउने र प्रदेश प्रमुख अमिक शेचरनले प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए ।
दोस्रो बैठकमा ज्येष्ठ सदस्य भुसालले ‘लुम्बिनी प्रदेशसभा नियमावली, २०७९’ पारित गरियोस् भनी प्रस्ताव गर्नेछन् । यस्तै दलको तर्फबाट प्रदेशसभा सदस्यहरूले शुभकामना मन्तव्य राख्ने कार्यसूची रहेको छ ।
प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसका आधारमा प्रदेश प्रमुखले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेशसभाको अधिवेशन आह्वान गर्नुभएको हो । यो अधिवेशनपछि सभामुख र उपसभामुख चयनको लागि बाटो खुल्नेछ । पहिलो बैठक बसेको मितिले १५ दिनभित्र सभामुख र उपसभामुख चयन गर्नुपर्ने कानुनी व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा प्रहरी हस्तक्षेपप्रति ‘जेनजी मुभमेन्ट एलाइन्स’ को घोर आपत्ति, दोषीमाथि कारबाही गर्न माग
-
नवजात छोरीका नाममा १० हजारको मुद्दति खाता
-
कपिलवस्तुका १० पालिकाका २६६ स्थानमा सिसिटिभी जडान
-
व्यासलाई सांस्कृतिक राजधानी बनाइने
-
जेनजी अभियन्ता पक्राउ परेकोमा नारायणकाजीको आपत्ति, तत्काल रिहाइको माग
-
बुबाको हत्याको बदला लिने इरानका सर्वोच्च नेता मोक्तबाको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण