कर्णाली माओवादी संसदीय दलका नेता शर्मा भन्छन्– ‘फेरि आन्दोलनको ज्वारभाटा हुने स्थिति पैदा नहोस्’
सुर्खेत । कर्णाली प्रदेश सभा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता राजकुमार शर्मा (आर्ट) ले कर्णाली प्रदेश आफैमा ‘सुनको डल्लो’ भएको बताएका छन् । उनले सुनको डल्लोलाई गहनाका रुपमा प्रयोग गर्ने चुनौती प्रदेश सभाका सांसदहरु माझ रहेको बताए । सोमबार प्रदेश सभाको पहिलो बैठकमा बोल्दै शर्माले भने,‘ ‘सुनको डल्लो’लाई गहना बनाउनका लागि जनताहरुले हामीलाई कालिगढ बनाएर पठाएका छन्, हाम्रो अगाडिको चुनौती गहनाको रुपमा प्रयोग गर्न सक्छौंँ की सक्दैनौं भन्ने विषय छ, त्यसमा बृहत बहस हुन जरुरी छ ।’
शर्माले शान्त समाजको निर्माण गरिनुपर्ने बताउँदै सबैले ओकल्ने गरेको कर्णालीको गरिबी विरुद्ध लड्नका लागि साझा अवधारणा चाहिएको बताए । यदि एउटा अवधारणा नलिएर नै अघि बढ्न खोजे कर्णाली पछि पर्ने उनको तर्क थियो । ‘हामीले भन्दै आएको शान्ति, समृद्धि र समाजवादका कुराहरु हुन्,’ शर्माले भने ,‘ तर समाजवादको मोडेल के हो ? समाजवदका आधारभूत विषयहरुबारे बहस गर्नुपर्ने देखिन्छ । हामीले कर्णालीमा त्यो अनुसारको नीति, विधि निर्माण गर्नुपर्छ र त्यसरी जाँदा मात्रै कर्णाली समृद्धिको बाटोमा अघि बढ्न सक्छ ।’
शर्माले वित्तीय र प्रशासनिक संघीयता अस्तव्यस्त रहेको टिप्पणी गरे । अहिले संघीयतामाथि नै प्रश्न उठिरहेका बेला प्रदेशका साझा र एकल अधिकारहरुलाई लागु पर्ने कुरामा केही कठिनाई भएका उनको ठम्याई छ । उनका अनुसार प्रदेशलाई बलियो बनाउन अझै संघर्ष गर्नुपर्ने देखिएको छ ।
साथै शर्माले गरिबीलाई दुष्मनको रुपमा प्रतिपक्षमा राखेर अघि बढ्नु बाहेक कर्णालीसँग अन्य विकल्प नरहेको बताए । ‘ यो व्यवस्था बचाउने कुरा तब मात्रै सम्भव छ, जब जनताका प्रतिनिधि जनताप्रति उत्तरदायी हुने छौँ,’ उनले भने,‘ आज हामी बलिदान र आन्दोलनको ज्वारभाटाको जगमा उभिएका छौँ, फेरि यो देशमा आन्दोलनका ज्वारभाटाहरु पैदा हुने स्थिती नआओस्, फेरि बलिदानी दिनुपर्ने परिस्थिति नआवस् ।’ उनले हिजोको दिनमा कोरेका गोरेटाहरु पुरा गरेर मात्रै त्यो आन्दोलनको ज्वारभाटालाई रोक्न सकिने र अन्यथा इतिहाससामु एक पछि अर्को कुरा बढारिँदै आएकोप्रति चिन्ता व्यक्त गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
-
प्रदेश सरकार सहकार्यका लागि एमाले र नेकपाबिच ३ बुँदे सहमति
-
सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र सङ्कटमा : नारायणकाजी श्रेष्ठ
-
प्रदेश सरकार गठनबारे एमाले र नेकपाबिच सहमति
-
डा.केसीका माग सन्दर्भमा संवादमार्फत यथाशीघ्र सहमतिमा पुग्न प्रतिबद्ध छौँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण