सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा एक महिनादेखि बेपता किरण अझै भेटिएनन्

सोमबार, १८ पुस २०७९, १७ : १२
सोमबार, १८ पुस २०७९

लन्डन । बेलायतमा एक महिनादेखि हराइरहेका एक नेपालीको अवस्था अझै अज्ञात छ । बेलायतको एम्सबरी घर भएका भूतपूर्व गोर्खा तीर्थबहादुर पुनका छोरा ३६ वर्षीय किरण पुन गत वर्ष डिसेम्बर १ देखि बेपत्ता भएका हुन् ।

सेल्सबरी प्रहरीमा रिपोर्ट गरेपछि प्रहरीले खोजिकार्य तीव्र बनाएको भएपनि उनको अवस्था अझै अज्ञात रहेको छ । प्रहरीले घटनालाई ‘हाइ रिस्क’ मा राखेर प्राथमिकताका साथ खोजिरहेको पारिवारिक श्रोतको भनाइ छ ।  किरण १ डिसेम्बर बिहीबार साढे ७ बजे अल्डरसट रेलवे स्टेशनमा बसबाट ओर्लिएको देखिएको प्रहरीले बताएको छ । त्यसयता उनी बेखवर छन् ।

प्रहरी अनुसन्धानका क्रममा फार्नबरोबाट समातिएका २१, २० र १७ वर्षका तीन युवा तथा अल्डरसटबाट समातिएका ३६ वर्षका र फ्लीटबाट गिरफ्तार २९ वर्षीय एक पुरुषलाई जमानतमा रिहा गरिएको जनाएको छ ।

किरण चढेकै बसको माथि भरयाङनेर रहेका एक यात्रु पनि सँगै ओर्लिएको देखिएको जनाउँदै प्रहरीले उनीसँग केही जानकारी भए आफ्नो अनुसन्धानमा सहयोग पुग्ने उल्लेख गरेको छ । प्रहरीले डिसेम्बर १ मा किरणको गतिविधि देखिने सिसिटिभी, ड्यासक्याम, डोर बेल वा अन्य केही फुटेज भए उपलब्ध गराइदिन अपिल गरिरहेको छ ।

दुध फ्रयाक्ट्रीमा काम गर्ने उनी सोही दिनदेखि तीन दिन बिदामा थिए । काममा बिदा भएपछि उनले आफ्नो बाबुलाई एण्डोभर ट्रेन स्टेसनसम्म छोडिदिन भनेका थिए । बाबु छोरा निस्किएपछि बुबाले बाटोमा इन्धन हालेका थिए र उक्त इन्धनको पैसा छोराले नै तिरेका थिए । 

छोरालाई स्टेशन छाडेर बाबु फर्किए तर छोरा त्यसदिनदेखि बेखवर छन् । उनको फोन ‘स्वीच अफ’ छ ।

किरण ५ फिट ८ इन्च अग्ला उनको पातलो जीउ, कालो छोटो कपाल, खैरो आँखा र चिउँडोमा दाग रहेको प्रहरीले बताएको छ । प्रहरीले उनलाई देखे वा उनबारे कुनै जानकारी भए सम्पर्क राख्न आग्रह गरेको छ । ४४२२०५१०९९२ रिफरेन्स दिएर १०१ मा कल गर्न प्रहरीको अनुरोध छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप