मोफसलमा देखियो साम्राज्ञीको क्रेज
काठमाडौँ । २९ पुसबाट प्रदर्शनमा आउने फिल्म ‘तिम्रो मेरो साथ’ मोफसल टुरबाट फर्किएको छ । अघिल्लो साता पोखराबाट सुरु भएको फिल्म युनिटको चितवन, हेटौंडा, सर्लाही, इटहरी हुँदै दमक पुगेर आफ्नो टुर सकाएको हो ।
टुरमा अभिनेता पुष्प खड्का, अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र कलाकार सन्दीप क्षेत्री, निर्देशक रमेश एमके पौडेल लगायत सहभागी थिए । टुरको क्रममा फिल्म युनिटले स्थानीय सञ्चारकर्मीसँग साक्षात्कार गर्नुका साथै विभिन्न कलेज पुगेर दर्शक फकाउने काम पनि गरेको थियो । सर्लाहीको लालबन्दीमा सांगीतिक कार्यक्रम समेत टोलीको उक्त कार्यक्रम सम्झना लायक बन्यो । साम्राज्ञी, पुष्प र सन्दीपलाई हेर्न कलेजका विद्यार्थीहरूको ठुलो भीड लागेको थियो । प्रहरीलाई भिड व्यवस्थापन गर्न सकस परेको थियो ।
त्यस्तै इटहरीमा युनिटले अटो रिक्सामा फिल्मको पोस्टर टाँसेर सहरको फन्को लगाउँदा त्यहाँका दर्शकको ध्यान आकृष्ट भएको थियो । अब काठमाडौं केन्द्रित प्रचार अभियानलाई तीव्रता दिइने निर्देशक पौडेलले जानकारी दिए । मोफसल यात्रामा फिल्मप्रति देखिएको दर्शकको उत्साहले हौसला मिलेको उनको भनाई छ । मोफसल यात्रामा सबैभन्दा आकर्षकको केन्द्र अभिनेत्री साम्राज्ञी भएकी थिइन् भने पुष्प र सन्दीपको पनि राम्रो क्रेज देखिएको थियो ।
शिव ढकालको छायांकन र भूपेन्द्र अधिकारीको सम्पादन रहेको फिल्म प्रेमकथामा बनेको हो । फिल्ममा साम्राज्ञी, पुष्प र सन्दीपको अलावा इमिली लामा, सरोज खनाल, खड्क बहादुर पुन, दीपिशा केसी लगायतको अभिनय छ । कार्यकारी निर्माता सविर श्रेष्ठ रहेको फिल्मका निर्माता पासाङ लामा, अर्नव पौडेल र आर्यन पौडेल हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्य र पत्रकारिता एक अर्काका प्रतिद्वन्द्वी होइनन्, परिपूरक हुन् : कार्यवाहक राजदूत पौडेल
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण