स्रोत नखुलेको झन्डै साढे चार लाख भारुसहित दुई भारतीय नागरिक पक्राउ
रौतहटको सदरमुकाम गौर स्थित भन्सार सुरक्षा गार्ड र सशस्त्र प्रहरीको संयुक्त टोलीले झन्डै साढे चार लाख भारतीय रुपैयाँ सहित दुई जना भारतीय नागरिक लाई पक्राउ गरेको छ।
गौर भन्सार अगाडि चेकिङ गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउँदै गरेको बिआर ०५ एएन १५९० नम्बरको मोटरसाइकलमा सवार दुई जना भारतीय नागरिकको साथ बाट चार लाख ४९ हजार ५०० रुपैयाँ बरामद भएको हो। भारत विहार मोतिहारी जिल्ला गोपालपुर बल्हाचोकका वर्ष ३५ को आजाद कुमार मालाकार र पछाडि सवार वर्ष ३२ को सञ्जीव कुमार तिवारीलाई चेकजाँच गर्दा आजाद कुमार मालाकारको साथबाट क्रमशः दुई लाख पैँतालीस हजार र दुई लाख चार हजार पाँच सय बरामद भएको थियो ।
श्रोत नखुलेको भारतीय चार लाख उन्नपचास हजार पाँच सय तथा मोटरसाइकल समेत नियन्त्रणमा लिई पथलैया राजस्व अनुसन्धान कार्यालय पठाइएको जिल्ला प्रहरी प्रमुख एसपी वीर बहादुर बुढामगरले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण