मनाङ मर्स्याङ्दी क्लबद्वारा नयाँ सिजनका लागि टिम घोषणा
काठमाडौँ । ‘ए’ डिभिजन क्लब मनाङ मर्स्याङ्दीले नयाँ सिजनका लागि टिम घोषणा गरेको छ । क्लबले यस सिजनका लागि दीप कार्की, जियारत शेख, आशिष गुरुङ, चेतनकुमार थारु, सरोज योञ्जन लामा, मानबहादुर तामाङ, रनदीप पौडेल, सुमित श्रेष्ठ, जय गुरुङ, कमल थापा, विजय श्रेष्ठ, बिसन गुरुङ, रमेश थापा, प्रशान्त श्रेष्ठ, निराजन मल्ल, रोशनराना मगरलाई अनुबन्ध गरेको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
नयाँ सिजनका लागि युवा खेलाडीलाई समेटिएको भन्दै क्लबले उमेर समूहको राष्ट्रिय टिममा उत्कृष्ट प्रर्दशन गरेका खेलाडीलाई पनि अनुबन्ध गरेको जानकारी गरएको छ । ‘आसन्न ए डिभिजन लिगको उपाधि रक्षामा क्लब सबैखालको तयारी गरेको मुख्य प्रशिक्षक किरण श्रेष्ठले बताए । ‘मनाङ ठुलो टिम हो । विश्वास गरेर क्लबले ठुलो जिम्मेवारी दिएको छ । क्लबको ब्यवस्थापनलाई धन्यवाद दिन चाहन्छु’, उनले भने, ‘यस पटकको जिम्मेवारी चुनौतीपूर्ण छ । मनाङको यसपटकको खेलाडी संरचना फरक छ । यसअघि राष्ट्रिय टिमका खेलाडी धेरै हुन्थे । अहिले पुरै युवा खेलाडीको टिम छ । नजिताका लागि प्रशिक्षकको रुपमा सक्दो कोशिश गर्नेछु ।’
क्लबले मुख्य प्रशिक्षकमा श्रेष्ठ र गोलकिपर प्रशिक्षकमा प्रविन श्रेष्ठलाई अनुबन्ध गरेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण