गाउँटोलमै पुगेर सेवा दिँदै दरबार गाउँपाालिका
गुल्मी । गुल्मीको दरबार गाउँपालिकाले गाउँटोलमै पुगेर सेवा दिन शुरु गरेको छ । ‘जहाँ नागरिक त्यहाँ सेवा’ भन्ने मान्यतालाई आत्मसाथ गर्दै उक्त पालिकाले एकीकृत घुम्ती सेवा मार्फत वडामै पुगेर नागरिकलाई सेवा दिन शुरु गरेको हो ।
कार्यालयको कामकाजलाई व्यवस्थित गर्दै वडा वडामा पुगेर घुम्ती सेवामार्फत नागरिकलाई सेवा प्रवाहसँगै उनीहरुका जनगुनासाहरुलाई समेत सोही ठाउँवाट समाधान गर्ने प्रयास गरेको पालिका अध्यक्ष सरोजकुमार थापाले बताए । पालिकाले वडा तहमै पुगेर सेवा प्रवाह गर्न थालेपछि स्थानीयहरु पनि खुसी भएका छन् । यसरी वडाबाट नै सेवा पाउँदा अत्यन्तै खुसी लागेको वडा नं –१ बलीथुमका स्थानीय दिलबहादुर कुमालले बताए । एउटा कुनै सानो कामले पालिकामा जानु पर्दा घण्टौं समय लाग्ने गरेको भन्दै उनले यसरी गाउँमै आएर सेवा दिंदा निकै खुसि लागेको बताए ।
गुल्मीदरबार गाउँपालिकाले वडामै पुगेर विभिन्न विषयगत कार्यालयका फरक फरक विधाका शिर्षकहरुमा कुल तीन हजार तीन सय ८३ जना नागरिकलाई सेवा प्रवाह गरेको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताए । पालिकाले गत दुई गर्षदेखि एकीकृत घुम्ती सेवा संचालन गर्दै आएको पाण्डेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीसँग विवाद गर्ने महानगर प्रहरीलाई निलम्बन गरिने, यी हुन् सहमतिका ९ बुँदा
-
टेक्सासको एक रेस्टुरेन्टमा कुटपिट गरेको आरोपमा चार नेपाली पक्राउ
-
विपद् व्यवस्थापनमा गण्डकी सक्रिय : २२ करोड मौज्दात, ८ हजार जनशक्ति तयारीमा अवस्थामा
-
विश्वकप : सेमीफाइनलमा चार फुटबल महाशक्ति, नयाँमा के समस्या देखियो ?
-
शैक्षिक परामर्श नियमावलीप्रति असन्तुष्टि, आन्दोलनमा उत्रिने चेतावनी
-
साविक कर्णालीका ४ जिल्लाभन्दा धेरै बजेट मन्त्रीको गृह जिल्ला हुम्ला र सुर्खेतमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण