गुल्मीमा भीरबाट लडेर महिलाको मृत्यु
मङ्गलबार, १९ पुस २०७९, १९ : ५७
गुल्मी । गुल्मीमा घाँस काट्न गएकी एक महिलाको भीरबाट लडेर मृत्यु भएको छ । गुल्मीको धुर्काेट गाउँपालिका वडा नंं. २ पिपलधाराकी ५२ वर्षीया शिवकला खनालको भीरबाट लडेर मृत्यु भएको हो ।
मंगलबार दिउँसो घर नजिकै घाँस काट्न गएकी उनी भीरबाट लडेकी थिइन् । घाइते खनाललाई स्थानीयले देखेर उद्वार गरेको केही समयमै उनको ज्यान गएको प्रहरीले जनाएको छ । खनाल भीरबाट करिब दुई सय मिटर तल खसेको स्थानीयले जनाएका छन् । शवलाई पोस्टमार्टमको लागि गुल्मी अस्पताल लगिएको प्रहरी उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाद्वारा इरानका करिब १४० सैन्य लक्ष्यमा आक्रमण
-
मिटरब्याज विरुद्धको पैदल यात्रा चौथो दिनमा प्रवेश, लालबन्दीबाट काठमाडौँतर्फ अघि बढे पीडित (तस्बिरहरू)
-
उदिपुरमा पहिरो नियन्त्रणपछि डुम्रे–बेँसीसहर यात्रा बर्खा पनि सहज
-
‘जेनजी’ आन्दोलनका योद्धाहरूलाई न्याय दिलाउँछु : अफ्साना बानु
-
रौतहटमा नवविवाहिताको शङ्कास्पद मृत्यु : माइती पक्षद्वारा हत्याको आरोप
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण