बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

म्यानमारमा ७ हजार बन्दीलाई आममाफीको घोषणा

बुधबार, २० पुस २०७९, १४ : ३६
बुधबार, २० पुस २०७९

म्यानमार । म्यान्माको सैनिक सरकारले बुधबार स्वतन्त्रता दिवस मनाउन सात हजार १२ जना बन्दीलाई आममाफी दिने घोषणा गरेको छ । प्रजातान्त्रीक नेत्री आङ सान सुचीको जेल सजायलाई ३३ वर्षमा पुर्याएको केही दिनपछि यस्तो घोषणा भएको हो । 

सेनाले सत्ता कब्जा गरेको करिब दुई वर्षपछि दक्षिणपूर्वी एसियाली यो देशमा सरकारी सेना र विद्रोहीबीच द्वन्द्व जारी छ । बन्द अदालतबाट चलेको न्याय निरुपणको शृङ्खलासँगै सैनिक सरकारले यो वर्षको अन्त्यमा नयाँ चुनावको तयारी गरिरहेको छ ।

बेलायतबाट स्वतन्त्र भएको ७५ वर्ष पुगेको अवसरमा  आज ‘ट्याङ्क, मिसाइल लन्चर र सशस्त्र वाहन राजधानी नेपिटको ‘परेड ग्राउन्ड’ प्रदर्शन गरिएको थियो । परेडमा निजामती कर्मचारी र माध्यमिक विद्यालयका विद्यार्थीले सेनालाई साथ दिएका थिए ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप