बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

खैरो हेरोइनसहित दुईजना पक्राउ

बुधबार, २० पुस २०७९, १७ : ४६
बुधबार, २० पुस २०७९

काठमाडौं । लागु औषध नियन्त्रण ब्युरोले खैरो हेरोइनसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ बस्ने सुजन कार्की र झापाको अर्जुनधारा नगरपालिका–३ घर भएका प्रदिप राई छन् । 

गोकर्णेश्वरबाट पक्राउ परेका सुजनको साथबाट ६८ ग्राम खैरो हेरोइन बरामद गरिएको ब्युरोका एसपी योगेन्द्र कुमार खड्काले जानकारी दिए । सुजनको डेरबाट प्रहरीले लागु औषध तौलने २ थान तराजु पनि बरामद गरेको छ । 

कार्कीको बयानका आधारमा झापाबाट प्रदिप राई पक्राउ परेका हुन् । आरोपीहरू विरुद्ध प्रहरीले लागुऔषध मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप