सन् २०२२ मा जापानमा सवारी दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्यामा कमी
जापान । जापानमा सन् २०२२ मा सवारी दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्यामा अत्यधिक कमी आएको छ । गत बर्ष सवारी दुर्घटनामा परी जापानमा दुई हजार ६१० जनाको मृत्यु भएको सरकारी तथ्याङ्कले देखिएको छ ।
यो सङ्ख्या सन् १९४८ मा उपलब्ध भएयताकै सबैभन्दा कम हो । सन् २०२२ मा सवारी दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या अघिल्लो वर्षको तुलनामा २६ प्रतिशतले घटेको छ । ओसाकामा गत वर्ष सबैभन्दा बढी १४१ जनाको सवारी दुर्घटनाका कारण मृत्यु भएको थियो । आइची १३७ र टोकियो १३२ मृतक सङ्ख्याका साथ तेस्रो स्थानमा रहेको छ ।
सबैभन्दा कम टोटोरीमा १४ जनाको मृत्यु भएको छ । सन् १९७० मा १६ हजार ७६५ जनाको मृत्यु भएको जापानमा पछिल्ला वर्षहरूमा सवारी दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्यामा कमी आएको छ । जापान सरकारले सन् २०२५ सम्ममा वार्षिक सवारी दुर्घटनाबाट हुने मृत्युदर दुई हजार वा सोभन्दा कममा झार्ने लक्ष्य राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
-
प्रल्हाद जोशीले पाए भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण