हस्पिटलका सञ्चालक दिवाकर यादव बलात्कार अभियोगमा पक्राउ
विराटनगर । विराटनगरको सञ्जीवनी हस्पिटल एण्ड आईभिएफ सेन्टर प्रा.ली.का सञ्चालक बलात्कार गरेको अभियोगमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको औरावनी घर भई विराटनगरमा बस्दै आएका ३३ वर्षीय दिवाकर यादव रहेका छन् ।
उनलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । २७ वर्षीय नर्सलाई गत भदौ २१ गते दिउँसो विराटनगरस्थित डेरामा जबरजस्ती करणी गरी कुटपिट गरेको यादवलाई आरोप लागेको छ । ती युवतीले यादवविरुद्ध जबरजस्ती करणी गरेको भन्दै सोही समयमा मोरङ प्रहरीमा उजुरी गरेकी थिइन् ।
निवेदन दर्ता भएको चार महिनापछि आरोपीलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी टिका बहादुर कार्कीले जानकारी दिए । पक्राउ परेका यादवलाई प्रहरीले आइतबार मोरङ अदालतमा जबरजस्ती करणीमा म्याद थप गरी अनुसन्धान सुरु गरेको छ ।
‘२१ भदौमा दिउँसो कोठामा बसेको थिए । विपक्षी आइ जबरजस्ती करणी गर्न खोजेपछि मैले इन्कार गर्दा मलाइ विभिन्न धाक धम्की दिई करणी गर्नुभयो । म रोई कराइ गर्दा मलाई लात्ती, घुस्सा समेतले कुटपिट गरी अचेत बनाइ हिँड्नुभयो । त्यसपछि छरछिमेकले थापा पाई हस्पिटल लगेर औषधी उपचार गरेपछि ठिक भएको थिएँ,’ ती युवतीले दिएको जाहेरीमा उल्लेख छ । प्रहरीमा जाहेरी हालेपछि यादव फरार थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
-
अनशनरत डा. गोविन्द केसी सेती प्रादेशिक अस्पताल भर्ना, आईसीयूमा राखेर उपचार सुरु
-
पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’
-
अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन
-
प्रिमियर लिगमा चम्किन तयार १० युवा प्रतिभा
-
डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, अनशन स्थलमा स्थानीयको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण