बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

हस्पिटलका सञ्चालक दिवाकर यादव बलात्कार अभियोगमा पक्राउ

बुधबार, २० पुस २०७९, १९ : ३२
बुधबार, २० पुस २०७९

विराटनगर । विराटनगरको सञ्जीवनी हस्पिटल एण्ड आईभिएफ सेन्टर प्रा.ली.का सञ्चालक बलात्कार गरेको अभियोगमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको औरावनी घर भई विराटनगरमा बस्दै आएका ३३ वर्षीय दिवाकर यादव रहेका छन् ।

उनलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । २७ वर्षीय नर्सलाई गत भदौ २१ गते दिउँसो विराटनगरस्थित डेरामा जबरजस्ती करणी गरी कुटपिट गरेको यादवलाई आरोप लागेको छ । ती युवतीले यादवविरुद्ध जबरजस्ती करणी गरेको भन्दै सोही समयमा मोरङ प्रहरीमा उजुरी गरेकी थिइन् । 

निवेदन दर्ता भएको चार महिनापछि आरोपीलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी टिका बहादुर कार्कीले जानकारी दिए । पक्राउ परेका यादवलाई प्रहरीले आइतबार मोरङ अदालतमा जबरजस्ती करणीमा म्याद थप गरी अनुसन्धान सुरु गरेको छ ।

‘२१ भदौमा दिउँसो कोठामा बसेको थिए । विपक्षी आइ जबरजस्ती करणी गर्न खोजेपछि मैले इन्कार गर्दा मलाइ विभिन्न धाक धम्की दिई करणी गर्नुभयो । म रोई कराइ गर्दा मलाई लात्ती, घुस्सा समेतले कुटपिट गरी अचेत बनाइ हिँड्नुभयो । त्यसपछि छरछिमेकले थापा पाई हस्पिटल लगेर औषधी उपचार गरेपछि ठिक भएको थिएँ,’ ती युवतीले दिएको जाहेरीमा उल्लेख छ । प्रहरीमा जाहेरी हालेपछि यादव फरार थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप