छुरा प्रहार गरी भागेका ५ जना पक्राउ
काठमाडौं । काठमाडौंमा दुईजना व्यक्तिलाई छुरा प्रहार गरेर भागेको आरोपमा पाँच जना पक्राउ परेका छन् । गत शनिबबार (१६ पुस) मा काठमाडौ– ३२ महादेवस्थान बागमती करिडोर सडकखण्डमा दुई युवकलाई धारिलो हतियार (छुरी) प्रहार गरी भागेका पाँच जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले बुधबार जानकारी दिएको छ ।
तत्काल प्रहरी वृत्त बानेश्वरबाट प्रहरी अधिकृतसहितको प्रहरी टोली घटनास्थलमा पुगी घाइते दुई युवकलाई तत्काल कान्तिपुर अस्पताल सुविधा नगरमा उपचारका लागि पठाइएको परिसले जनाएको छ । घटनाको सम्बन्धमा वारदातपश्चात फरार रहेका पाँचजना व्यक्तिहरुको खोजतलास गर्ने क्रममा एक जनालाई काठमाडौबाट र चार जनालाई रौतहटबाट पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहट समेतको समन्वयमा रौतहट बौधिमाई–१ स्थित एउटा घरमा लुकि छिपी बसेको अबस्थामा चार जनालाई फेला पारी नियन्त्रणमा लिइएको परिसरले जनाएको छ ।
पक्राउ पर्नेहरुमा उदयपुर चौदण्डी–७ बेलटारका १८ वर्षीय निश्चल राई, सिन्धुली फिकल–३ का १८ वर्षीय अनिष मगर, कैलालीका १८ वर्षीय मनोज कुँवर, रौतहट बौधीमाई–१ का १८ वर्षीय धिरेन्द्र यादव र ओखलढुंगाका १८ वर्षीय अनिष खत्री रहेका परिसरले जनाएको छ ।
उनीहरुको साथबाट युएस लेखिएको १०।५ ईन्च लम्बाई भएको फलामको चक्कु एक थान बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरु विरुद्ध ज्यान मार्ने उद्योग गर्न नहुने कसूर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी प्रहरी वृत्त बानेश्वरबाट थप अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण