समाचार
यातायात कार्यालय गुर्जुधाराबाट २६ जना बिचौलिया पक्राउ
बिहीबार, २१ पुस २०७९, १० : १४
काठमाडौँ । चन्द्रगीरी नगरपालिका स्थित गुर्जुधाराको यातायात कार्यालयबाट प्रहरीले २६ जना बिचौलियाहरूलाई पक्राउ गरेको छ । गुर्जधारा स्थित यातायात व्यवस्था कार्यालय, मोटरसाइकल (बागमती)मा जाने सेवाग्राहीलाई काम छिटो गरिदिने बहानामा उनीहरूले रकम असुल्ने गरेको आरोप छ ।
सेवाग्राहीलाई हैरानी दिएर रकम असुल्ने २६ जना बिचौलियालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भरत बोहराले रातोपाटीलाई बताए । बिचौलियाहरूलाई प्रहरी परिसर टेकुमा राखिएको छ । उनीहरुबिरुद्ध अभद्र व्यवहारको मुद्दा चलाइने एसएसपी बोहराले जानकारी दिए ।
नयाँ लाइसेन्स बनाउन र कागजपत्र नवीकरण गर्न जाने सेवाग्राहीलाई ‘छिटो काम गरिदिन्छौँ’ भनेर बिचौलियाहरूले रकम असुल्ने गरेका छन् । यातायातका कर्मचारीहरू पनि बिचौलियाहरूसँग मिल्ने गरेको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण