ट्याक्टरले किच्दा सहचालकको मृत्यु
बिहीबार, २१ पुस २०७९, ११ : ०१
पाल्पा । पाल्पा जिल्लाको पूर्वखोला गाउँपालिका–३, कमेरेमा ट्याक्टरले किच्दा सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पूर्वखोला–३, भालुकुन बस्ने २८ वर्षका सेते सारु रहेको प्रहरीले जनाएको छ ।
गए राति निस्दीबाट कच्ची भित्री सडक हुँदै पूर्वखोलातर्फ आउँदै गरेको लु ३ त ६२५९ नम्बरको ट्याक्टरले किच्दा सोही ट्याक्टरका सहचालक सारुको घटनास्थलमै मृत्यु भएको हो ।
ट्याक्टरको ट्रलीमा बस्नुभएका सारु एक्कासी खस्दा बाँयापट्टीको चक्काले किचेको पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । घटनाको बारेमा थप अनुसन्धान कार्य भइरहेको उनले उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनको उद्घाटन सत्रबाट रवि र बालेनले दिएका सन्देश
-
पार्टीमा विवाद नभएको सन्देश दिने रवि–बालेनको प्रयास
-
राहुघाट जलविद्युत् आयोजना : सुरुङमा पानी भर्न थालियो
-
लुम्बिनीका विद्युतीय बसः अन्य विमानस्थलमा सेवा सुरु, भैरहवामा भने अझै अलपत्र
-
आँप महोत्सव सम्पन्न : मुख्यमन्त्रीको प्रतिबद्धताले हौसिए किसान
-
एकै विश्वकप दिवसमा डच राजपरिवारका लागि दोहोरो ठुलो सफलता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण