शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश सरकार

७ दिनभित्र कर्णालीमा सरकार गठन गर्न आह्वान

बिहीबार, २१ पुस २०७९, १२ : १८
बिहीबार, २१ पुस २०७९

सुर्खेत । कर्णालीमा ७ दिनभित्र सरकार गठन गर्न आह्वान गरिएको छ । बिहीबार प्रदेश प्रमुख तिलक परियारले पुस २७ गते अपराह्न ५ बजेसम्म मुख्यमन्त्री नियुक्तिका लागि आह्वान गरेका हुन् । 

उनले संविधानको धारा १६८ को उपधारा (१) बमोजिम सरकार गठनका लागि आह्वान गरेका हुन् । कुनै दलले बहुमत नपाएका कारण धारा १६८ को उपधारा १ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा सो भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने व्यक्तिको नेतृत्वमा सरकार गठन गर्न समेत विज्ञप्तिमा भनिएको छ । 

कर्णालीमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सरकारको नेतृत्वका लागि हानथाप चलिरहेको छ । दुई दलका नेताहरुले केन्द्रको ‘सिग्नल’ कुरिरहेका छन् । अहिले सम्म कसको नेतृत्वमा सरकार गठन हुने भन्ने कुरा केन्द्रबाट नआएकाले प्रदेशमा अन्योल भएको छ । 

यहाँ कांग्रेसका १४, माओवादीका १३, एमालेका १०, राप्रपा, एकीकृत समाजवादीको १-१ र एक जना स्वतन्त्र सांसद रहेका छन् । ४० सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि २१ सिट आवश्यक पर्दछ । एमाले, माओवादी र राप्रपाको गरी २४ सिट हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप