७ दिनभित्र कर्णालीमा सरकार गठन गर्न आह्वान
सुर्खेत । कर्णालीमा ७ दिनभित्र सरकार गठन गर्न आह्वान गरिएको छ । बिहीबार प्रदेश प्रमुख तिलक परियारले पुस २७ गते अपराह्न ५ बजेसम्म मुख्यमन्त्री नियुक्तिका लागि आह्वान गरेका हुन् ।
उनले संविधानको धारा १६८ को उपधारा (१) बमोजिम सरकार गठनका लागि आह्वान गरेका हुन् । कुनै दलले बहुमत नपाएका कारण धारा १६८ को उपधारा १ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा सो भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने व्यक्तिको नेतृत्वमा सरकार गठन गर्न समेत विज्ञप्तिमा भनिएको छ ।
कर्णालीमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सरकारको नेतृत्वका लागि हानथाप चलिरहेको छ । दुई दलका नेताहरुले केन्द्रको ‘सिग्नल’ कुरिरहेका छन् । अहिले सम्म कसको नेतृत्वमा सरकार गठन हुने भन्ने कुरा केन्द्रबाट नआएकाले प्रदेशमा अन्योल भएको छ ।
यहाँ कांग्रेसका १४, माओवादीका १३, एमालेका १०, राप्रपा, एकीकृत समाजवादीको १-१ र एक जना स्वतन्त्र सांसद रहेका छन् । ४० सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि २१ सिट आवश्यक पर्दछ । एमाले, माओवादी र राप्रपाको गरी २४ सिट हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा अर्घाखाँचीकाे सभापतिमा सीता पराजुली निर्वाचित
-
फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द
-
अन्तर व्यवस्थापिका मञ्चमा स्थानीय तहलाई उपेक्षा, पालिकाहरू रुष्ट
-
प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे प्रष्टीकरण नदिएसम्म सदन अगाडि बढ्न सक्दैन : कांग्रेस
-
विद्यालयले सहयोग रसिद, वार्षिक सहयोगका नाममा शुल्क असुलिरहेका छन् : ज्ञानेन्द्र शाही
-
उपाधिका लागि नेपालसामु १ सय ८९ रनको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण