बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

‘मुन्द्रेको कमेडी क्लब’को अध्यक्ष करिस्माको ठाउँमा प्रियंका

बिहीबार, २१ पुस २०७९, १५ : ५३
बिहीबार, २१ पुस २०७९

काठमाडौँ । हास्य कलाकार जीतु नेपालले सुरु गर्न लागेको कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’ को नयाँ सिजनमा अध्यक्ष प्रियंका कार्की रहने भएकी छन् । कलाकार नेपालले शोको नयाँ अध्यक्षमा प्रियंका फाइनल भएको जानकारी दिए । 

शोमा केही नयाँ दिन अध्यक्ष परिवर्तन गरिएको उनले सुनाए । यसअघि शोको अध्यक्षमा पहिले दीपाश्री निरौला र त्यसपछि करिश्मा मानन्धर रहेका थिए । अब सुरु हुने शोमा अध्यक्ष मात्र नभएर केही कलाकार समेत नयाँ हुनेछन् । जसमा दमन रुपाखेती, श्याम राना, दिनेश काफ्ले, राजेन्द्र नेपाली ‘लट्टे’, प्रभात लामा र एलिना बास्कोटा ‘सान्नानी’ रहेका छन् ।

सुमन गिरी भाञ्जा कार्यक्रम संयोजक रहने शो माघबाट सुरु गर्ने जीतुको योजना रहेको छ । शोका लागि अहिले सेट डिजाइन कार्य भइरहेको नेपालले बताए । ५२ भाग प्रसारण हुने बताइएको शोको निर्देशन दिनेश डिसीले गर्दैछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप