‘मुन्द्रेको कमेडी क्लब’को अध्यक्ष करिस्माको ठाउँमा प्रियंका
बिहीबार, २१ पुस २०७९, १५ : ५३
काठमाडौँ । हास्य कलाकार जीतु नेपालले सुरु गर्न लागेको कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’ को नयाँ सिजनमा अध्यक्ष प्रियंका कार्की रहने भएकी छन् । कलाकार नेपालले शोको नयाँ अध्यक्षमा प्रियंका फाइनल भएको जानकारी दिए ।
शोमा केही नयाँ दिन अध्यक्ष परिवर्तन गरिएको उनले सुनाए । यसअघि शोको अध्यक्षमा पहिले दीपाश्री निरौला र त्यसपछि करिश्मा मानन्धर रहेका थिए । अब सुरु हुने शोमा अध्यक्ष मात्र नभएर केही कलाकार समेत नयाँ हुनेछन् । जसमा दमन रुपाखेती, श्याम राना, दिनेश काफ्ले, राजेन्द्र नेपाली ‘लट्टे’, प्रभात लामा र एलिना बास्कोटा ‘सान्नानी’ रहेका छन् ।
सुमन गिरी भाञ्जा कार्यक्रम संयोजक रहने शो माघबाट सुरु गर्ने जीतुको योजना रहेको छ । शोका लागि अहिले सेट डिजाइन कार्य भइरहेको नेपालले बताए । ५२ भाग प्रसारण हुने बताइएको शोको निर्देशन दिनेश डिसीले गर्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण