दमकबाट चार जना लागुऔषध कारोबारी पक्राउ
झापा । दमकबाट बिहीबार साँझ प्रतिबन्धित लागुऔषधसहित चार जना पक्राउ परेका छन् । साँझ करीब ६ बजे दमक नगरपालिका वडा नं. २ खरखरेबाछ सोही ठाउँका ३६ वर्षीय सन्तोष राजवंशीको घरबाट राजवंशीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्ने अन्य तीन जनामा सोही ठाउँका ३६ वर्षीय लिला कुमार बुढाथोकी, २८ वर्षीय केशव धिमाल र वडा नं १ का ३१ वर्षीय सन्दिप लिम्बु रहेका जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी बसन्त पाठकले जानकारी दिए ।
उनीहरुलाई ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो लिसाइलो पदार्थ ४ ग्राम, को १४ प ७७८४, मे ८ प ३०६६ नम्वरका मोटरसाइकलहरु र बिभिन्न कम्पनीका ५ थान मोवाइलसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
उनीहरुलाई लाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान अघि बढाइएको छ । यसअघि बुधबार मात्रै दमक १ श्रीपाली चोकबाट ३९ वर्षीय धनराज आले र दमक चियादोकान चोकबाट २६ वर्षीय अनिसा कार्कीलाई पक्राउ परेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्ता समिकरणबारे छलफल गर्न गण्डकी एमालेको बैठक बस्दै
-
औद्योगिक क्षेत्रको अनुगमन कर्मकाण्डी मात्र भएको भन्दै कांग्रेस सांसदहरूको असन्तुष्टि
-
जानकी प्लास्टिक उद्योगका सञ्चालक नवकृष्ण मुरारका पक्राउ
-
प्रशासकीय अदालतमा सबैभन्दा बढी सेवा सुविधासम्बन्धी मुद्दा
-
पहिलो खेपमा आठ सय ३६ नेपाली कामदार इजरायल जाँदै
-
मिटरब्याजी पीडितसँग वार्ता गर्न सचिव पुष्कर सापकोटाको संयोजकत्वमा वार्ता टोली गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण