शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

प्रिमियर लिग : चेल्सीमाथि सिटीको जित

शुक्रबार, २२ पुस २०७९, ०८ : २३
शुक्रबार, २२ पुस २०७९

प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले चेल्सीमाथि जित निकालेको छ । बिहीबार राति भएको खेलमा सिटीले चेल्सीलाई १–० गोल अन्तरले हराएको हो ।

चेल्सीको घरेलु मैदानमा भएको खेलमा सिटीको जितमा रियाद महरेजले निर्णायक गोल गरे । पहिलो हाफमा गोलरहित बराबरी खेलेको सिटीले दोस्रो हाफमा गोल गर्न सफल भएको थियो । महरेजले ६३ औं मिनेटमा निर्णायक गोल गरेका हुन्  । 

जितसँगै सिटीले १७ खेलमा ३९ अंक जोडेको छ । सिटी दोस्रो स्थानमा छ । चेल्सी २५ अंक जोडेर दशौँ स्थानमा  छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप