प्रधानमन्त्री प्रचण्डलाई अनेरास्ववियुको बधाई
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बधाई तथा शुभकामना दिएको छ । सङ्गठनका अध्यक्ष सुदेश पराजुलीको नेतृत्वमा आएको विद्यार्थी टोलीले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्रीलाई कार्यकाल सफलताको शुभकामना दिएका हुन् । भेटमा प्रधानमन्त्री प्रचण्डले सुशासन र समृद्धिको सपना साकार पार्ने आफ्नो लक्ष्य भएको र यसमा युवा विद्यार्थीको भूमिका महत्वपूर्ण हुने बताए ।
सो सङ्गठनले लामो समयदेखि हुन नसकेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गराउने सन्दर्भमा समेत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्री त्रिभुवन विश्वविद्यालयका कुलपति हुन् । अनेरास्ववियुका अध्यक्ष पराजुलीका अनुसार सो अवसरमा वाम एकतालगायत समसामयिक राजनीतिक विषयमा समेत प्रधानमन्त्रीसँग छलफल भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण