काठमाडौंबाट ३२ जना फरार अभियुक्त पक्राउ
शुक्रबार, २२ पुस २०७९, १९ : २१
काठमाडौं । काठमाडौंका विभिन्न ठाउँबाट प्रहरीले ठुलो संख्यामा फरार अभियुक्तहरूलाई पक्राउ गरेको छ । काठमाडौं जिल्लाबाट शुक्रवार ३२ जना फरार अभियुक्तहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरत बोहराले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा किर्ते मुद्दा, जुवा, सरकारी छाप दस्तखत किर्ते, नकवजनी चोरी, लागुऔषध र वैदेशिक रोजगार ठगी लगायत मुद्दाका फरार छन् । फरार अभियुक्तहरूलाई पक्रेर प्रहरीले अदालतमा पेश गरेको छ ।
अदालतले पक्राउ परेकाहरूलाई ११ महिना २८ दिन कैद राख्न र ३ लाख ३० हजार जरिवाना असुल गर्न आदेश गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण