शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

आहा रारा गोल्डकप : उपाधिका लागि सङ्कटा र भुटानिज भिड्दै

शनिबार, २३ पुस २०७९, ०९ : ०८
शनिबार, २३ पुस २०७९

पोखरामा जारी २२ औँ संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबलको फाइनल खेल आज शनिबार हुँदैछ । पोखरा रङ्गशालामा हुने फाइनलमा सङ्कटा क्लब र अमेरिकाको भुटनीज यूथ सकर क्लब युएसएबीच प्रतिस्पर्धा हुनेछ ।

दुई टोलीबीचको फाइनल खेल दिउँसो १ः३० बजे सुरु हुनेछ ।  आजको खेलमा जित निकाल्दै सङ्कटा प्रतियोगिताको उपाधि उचाल्ने योजनामा छ । सङ्कटा दोस्रो पटक च्याम्पियन बन्ने योजनामा छ । यसअघि संकटाले एक पटक उपाधि जितेको छ ।

सङ्कटा सेमिफाइनलमा एपीएफ क्लबलाई ४–१ गोल अन्तरले हराउँदै फाइनल पुगेको हो । भुटनीजले सेमिफाइनलमा चर्च ब्वाइज युनाईटेडलाई १–० गोल अन्तरले हराउँदै संकटासँगको भेट पक्का गरेको हो  ।

सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाख पाउने छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप