बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय
विश्वकप

विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा : कुन-कुन टिम भिड्दैछन् ?

बुधबार, २४ असार २०८३, ०४ : ५१
बुधबार, २४ असार २०८३

काठमाडौँ । विश्वकप फुटबलमा प्रिक्वाटरफाइनलका खेलहरु सकिएसँगै अन्तिम ८ (क्वार्टरफाइनल) को समीकरण पूरा भएको छ।

 उपाधि दौडमा रहेका ८ बलिया टोलीहरुबीच अब सेमिफाइनल प्रवेशका लागि रोचक भिडन्त हुने भएको छ।

पहिलो क्वार्टरफाइनल खेलमा फ्रान्स र मोरक्कोबीच प्रतिस्पर्धा हुनेछ। यो खेल जुलाई १०, शुक्रबार राति १:४५ बजे (नेपाली समय अनुसार) सुरु हुनेछ।

यसैगरी दोस्रो खेलमा दुई युरोपेली पावरहाउस स्पेन र बेल्जियम आमने-सामने हुनेछन्। यो खेल जुलाई ११, शनिबार राति १२:४५ बजे हुने तय भएको छ।

तेस्रो क्वार्टरफाइनलमा नर्वेले इङ्गल्याण्डको सामना गर्नेछ। यो खेल जुलाई १२, आइतबार बिहान २:४५ बजे सुरु हुनेछ।

यसैगरी अन्तिम क्वार्टरफाइनलमा अर्जेन्टिना र स्विजरल्याण्डबिच भिडन्त हुनेछ। यो खेल जुलाई १२, आइतबार बिहान ६:४५ बजे हुनेछ।

यी चार खेलका विजेता टोलीहरु सेमिफाइनलमा प्रवेश गर्नेछन्।

game

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप