रौतहटमा १० लाखको अवैध सामानसहित पिकअप भ्यान बरामद
शनिबार, २३ पुस २०७९, १२ : ५२
रौतहट । रौतहटको चन्द्रनिगाहपुर स्थित प्रहरी गस्ती टोलीले झन्डै १० लाख बराबरको विभिन्न अवैध सामानसहित पिकअप भ्यान बरामद गरेको छ।
प्रदेश २-०२-००१च ०२४३ नम्बरको पिकअप भ्यानमा बिलबिजक नमिलेको ९ लाख, ८८ हजार ३८० रुपैयाँ बराबरको गुट्खा तथा किराना सामान प्रहरी टोलीले बरामद गरेको हो।
सर्लाही हरिवन नगरपालिका ५ वर्ष ३३ का विनोद महतोले चलाएको उक्त गाडीमा अवैध सामान भएको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको टोलीले बरामद गरेको जिल्ला प्रहरी प्रमुख एसपी वीर बहादुर बुढामगरले बताए ।
बरामद सामान, पिकअप भ्यान,तथा चालकलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण