झापामा सुन जस्तो देखिने पहेँलो धातु देखाई ठगी
शनिबार, २३ पुस २०७९, १६ : ४९
झापामा सुन जस्तो देखिने पहेँलो धातु देखाई १ लाख ७० हजार रुपैयाँ ठगी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । प्रहरीले ईलाम फाक्फोकथुम गाउँपालिका-७ घर भई हाल झापा बिर्तामोड नगरपालिका-५ बस्ने २६ वर्षीय दिनेश श्रेष्ठ भन्ने शेर बहादुर बराईलीलाई शुक्रबार दिउँसो पक्राउ गरेको हो ।
झापा मेचीनगर नगरपालिका-९ स्थित रोशन कुमार गजमेरको हनुमान ज्वेलर्समा बुधबार बराईलीले ३ तोला सुन जस्तो देखिने पहेँलो धातुको बेरुवा औँठी २ थान देखाई १ लाख ८० हजार मूल्य राखी १० हजार रुपैयाँ पछि लिन आउने सहमतिमा तत्काल १ लाख ७० हजार रुपैयाँ ठगी गरेको र सोही स्थानमा बाँकी पैसा लिन आउँदा उनलाई प्रहरीले फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियसभाको अर्को बैठक साउन १५ गते
-
सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश
-
मेस्सीले करियरमा अब इंग्ल्याण्डलाई हराउन मात्र बाँकी
-
बैतडी प्रशासनको ‘वन आवर सर्भिस’ सुरु
-
कर्णालीमा प्रतिपक्षी नेकपाले भन्यो- कांग्रेसले चाहे सत्ता सहकार्यको ढोका खुला छ
-
इरानी आक्रमणपछि बेपत्ता भारतीय इन्जिनियरको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण