कक्षामा प्रथम भएको रिसमा साथीको अपहरण, चार जना पक्राउ
पर्सा । पर्सामा आफ्नै साथीलाई अपहरण गरेको आरोपमा प्रहरीले चार जना बालकलाई पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १६ बस्ने १६ वर्षीय बालकलाई अपहरण गरेको आरोपमा उनकै साथीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको हो ।
आफ्नो घरको आँगनमै रहेका १६ वर्षका बालकलाई सँगै पढ्ने अरू चार जनाले कम्बलले छोपी मुखमा कपडा कोचेर केही पर लगी दुवै हातखुट्टा समेत बाँधेको अवस्थामा भेटेर उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।
अपहरणमा परेका बालक कक्षामा सधैँ प्रथम हुने गरेकाले उनको निकटतम प्रतिस्पर्धी विद्यार्थीले रिसका कारण अपहरण गरी बन्धक बनाएको पाइएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका बालकलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमतिसमेत दिएको छ । उनीहरूलाई महिला तथा बालबालिका सेलमा राखेर अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।-न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण