जबर्जस्ती करणी मुद्दामा १९ वर्ष कैद सजाय तोकिएका ७१ वर्षीय फरार अभियुक्त पक्राउ
काठमाडौं । जबर्जस्ती करणी मुद्दामा अदालतले १९ वर्ष कैद सजायको फैसला गरेका ७१ वर्षीय फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरी फैसला कार्यान्वयनका क्रममा कारागार पठाएको छ ।
प्रहरीका अनुसार २०७६ साउन ७ गते पोखरा महानगरपालिका–२८, माझठाना बस्ने ७१ वर्षीय तारानाथ तिवारी अपाङ्गता रहेकी एक नाबालिगलाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका थिए । कास्की जिल्ला अदालतले ०७७ असोज २७ गते निजलाई सफाइ दिएकोमा सोही मुद्दा उच्च अदालतमा पुनरावेदन गरिएको थियो ।
गत वैशाख १४ गते उच्च अदालतले जिल्ला अदालतको फैसला उल्ट्याउँदै निलाई १९ वर्ष ३ महिना कैद, १० हजार रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउने आदेश दिएको थियो । सोही फैसला कार्यान्वयनका क्रममा तिवारीलाई शुक्रबार निजकै घरबाट पक्राउ गरी आइतबार कास्की जिल्ला अदालतमा उपस्थित गराइएको र कैद भुक्तानका लागि कारागार कार्यालय कास्की पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण