ठमेलमा ‘केटी मिलाइदिन्छौं’ भनेर हैरानी गरेको आरोपमा ६ जना पक्राउ
काठमाडौं । काठमाडौंको ठमेलमा ‘केटी मिलाइदिन्छौं’ भनेर पर्यटक र सर्वसाधारणलाई हैरानी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । उनीहरुले डान्सबारमा छिराइदिने र केटी मिलाइदिने भनेर हैरानी गर्ने गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा धादिङको निलकण्ठ नगरपालिका–२ घर भएका २४ वर्षीय नारायण कार्की, नुवाकोटको शिवपुरी गाउँपालिका–८ घर भएका २२ वर्षीय विशेष थापा, नुवाकोटकै पञ्चकन्या गाउँपालिका–४ का ३१ वर्षीय दिपेश तामाङ, ललितपुरको गोदावरी नगरपालिका–६ का २२ वर्षीय कृष्ण तामाङ, सिन्धुलीको दुधौली नगरपालिका–१० का २८ वर्षीय अर्जुन कटुवाल र बैतडीको पुरचौडी नगरपालिका–७ का २५ वर्षीय यज्ञराज जोशी छन् ।
आरोपीहरुलाई प्रहरी वृत लैनचौरको हिरासतमा राखेर अनुसन्धान भइरहेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले दिए इरानमाथि जमिनबाट हमलाको संकेत
-
फ्रान्स नयाँ प्रशिक्षकको खोजीमा, को बन्ला डेसाम्प्सको उत्तराधिकारी ?
-
वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण