चेल्सीमाथि सिटीको गोल वर्षा
सोमबार, २५ पुस २०७९, ०७ : ०४
म्यानचेस्टर । म्यानचेस्टर सिटीले चेल्सीमाथि सहज जीत हासिल गर्दै एफए कपको चौथो चरणमा प्रवेश गरेको छ । आइतबार राति इतिहाद स्टेडियममा भएको खेलमा सिटीले ४–० को शानदार जीत हासिल गरेको हो ।
खेलको २३ औँ मिनेटमा रियाद महारेजले गोल गर्दै सिटीलाई अग्रता दिलाए भने ३० औँ मिनेटमा पेनाल्टीबाट गोल गर्दै जुलियन अल्भारेजले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए । ३८ औँ मिनेटमा फिल फोडेनले अर्को गोल थपे ।
दोस्रो हाफमा महारेजले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै सिटीको जीत सुनिश्चित गरे । अब सिटीले अर्को चरणमा आर्सनल वा अक्सफोर्ड युनाइटेडको सामना गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण